२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

महामन्त्री कोइराला सभापति पदमा उठ्ने

प्रकाशित मिति : २०७८ भाद्र २६ गते
- ADVERTISEMENT -

चितवन / नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको पदमा उठ्ने बताए । भरतपुर विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा शनिबार महामन्त्री कोइरालाले काङ्ग्रेसको १४औ महाधिवेशनमा आफू कुनै पनि हालतमा पछि नहटने जानकारी दिए ।
उनले महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवर समय आएपछि बन्नेछु तर सभापतिमा अडान कायमै रहेको बताए । विभिन्न जिल्लाहरुमा अधिवेशन चलिरहेको समयमा कार्यतालिका संसोधन गर्नु बाध्यता भएको उनको भनाइ थियो ।
उनले २१–२२ जिल्लामा चलिरहेको क्रियाशिलको विवाद छिट्टै टुंगो लाग्ने उनले भने । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसदको गरिमामाथि आँच आउने काम भएको उनले आरोप लगाए ।

- ADVERTISEMENT -