मकवानपुर / मकवानपुरमा आज (आइतबार) बाट भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरु खुल्ने भएको छ । मकवानपुरका अतिरिक्त कक्षा सञ्चालन गरिरहेका संघसंस्थालगायत विद्यालय, र क्याम्पसहरु आजबाट भौतिक उपस्थितिमा खुल्ने भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरुले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय गरेपछि विद्यालय सञ्चालन गर्न लागिएको हो ।
अन्य स्थानीय तहको तुलनामा जोखिम बढी रहेको हेटौंडा उपमहानगरपालिकामा पनि विद्यार्थीको भौतिक उपस्थितिमा आजबाट विद्यालय सञ्चालनमा आउँदैछ । उपमहानगरभित्र ७७ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहेका छन ।
उपमहानगरपालिका भित्रका विद्यालयहरुलाई उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा पेश गर्न निर्देशन दिएकोमा करिब ७५ प्रतिशत विद्यालयले मात्र कार्यढाँचा पेश गरेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिए ।
कार्यढाँचा पेश गरेका विद्यालयहरु सञ्चालनमा आउने उनले बताए । भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्दा विद्यालय र शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी एक हप्ताभित्र कार्यढाँचा पेश गर्न आग्रह गरिएको थियो ।
जिल्लाका १० वटा स्थानीय तहमध्ये गत आइतबारदेखि बागमती गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा भौतिक उपस्थितिमै पढाइ सुरु भइसकेको छ ।
कोभिड–१९ को संक्रमणको रोकथामका लागि बन्द गरिएका तथा क्वारेन्टिन वा आइसोलेशन सेन्टरको रुपमा प्रयोग भएका विद्यालयहरुको सञ्चालनका प्रक्रियागत विषयमा प्रष्ट मार्गनिर्देशित गर्ने उद्देश्यले कार्यढाँचा पेश गर्न पालिकाहरुले अनुरोध गरेका थिए । मकवानपुरमा ४ सय ९९ विद्यालय रहे पनि उपमहानगर भित्रकै पनि २५ प्रतिशत विद्यालयले कार्यढाँचा पेश नगरेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत खड्काले बताए ।
भौतिक उपस्थितिमा आजबाट शैक्षिक संस्था खुल्ने
September 12, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
