२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

एमसीसीको बिरोध गर्दै संसदको घरमा विप्लव समूहको कालो व्यानर

प्रकाशित मिति : २०७८ भाद्र २७ गते
- ADVERTISEMENT -

चितवन / नेकपा बिप्लव समूहले चितवनमा रहेका संसदहरुको घर र चोकमा एमसीसी कार्यान्वयनमा नल्याउन माग गर्दै कालो झण्डा टाँस गरेका छन् । विप्लव समूहले जिल्लाबाट पतिनिधि सभा, राष्ट्रिय सभा र पदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको घरमा कालो व्यानर टाँस गरी बिरोध प्रदर्शन गरेका हुन् ।
उक्त समूहको पूर्व निर्धारित कार्यक्रम अन्तर्गत व्यानर टाँस गरिएको बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा घर नभएकाले सार्वजनिक स्थल र अन्यको घरमा व्यानर टाँस गरिएको हो ।
विरोधमा टाँसिएको व्यानर केही समयमा नै प्रहरीले हटाएको थियो भने एमसीसी खारेज गर लेखिएको कालो व्यानर टाँस गरेका थिए ।

- ADVERTISEMENT -