April 23, 2025

बागमती सरकार परिवर्तनबारे गठबन्धनको बैठक बस्दै

September 13, 2021
- ADVERTISEMENT -

मकवानपुर / निर्वाचन आयोगले दल विभाजनबारे जानकारी बागमती प्रदेशसभालाई गराएसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार आधिकारिक रुपमा अल्पमतमा परेको छ ।
मुख्यमन्त्रीले शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलहरुको संयुक्त बैठक आज बिहान ९ बजे बैठक बस्दैछ ।
बैठकले सरकार परिवर्तनको लागि आगामी रणनीति तय गर्ने गठबन्धनका एक नेता बताए । उनले कुन दलको नेतृत्वमा सरकार बनाउने, मन्त्रालयहरु कसरी विभाजन गर्ने भन्ने विषयमा छलफल हुने बताए ।
सरकारको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँमध्ये एकले गर्ने स्रोत बताउँछ ।

- ADVERTISEMENT -