चितवन / चितवनमा जारी निषेधाज्ञालाई १५ दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज बुधबार एक सूचना जारी गर्दै असोज १५ गतेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर र मृत्युदर क्रमशः घट्दै गएपछि निषेधाज्ञालाई थप खुकुलो गर्दै लगिएको छ । जारी आदेशमा सिने हल र सभा सम्मेलन बाहेक अन्य क्षेत्रलाई थप खुकुलो पारिएको सूचनामा उल्लेख छ ।
जारी निषेधाज्ञा भाद्र ३१ गते राती १२ बजे सकिंदैछ । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले पछिल्ला समयमा कोरोना संक्रमित दर र मृत्युदरमा क्रमशः कमी हुँदै आएकोले निषेधाज्ञा खुकुलो गर्दै लगिएको बताए । चितवनमा यसअघि गरिएको निषेधाज्ञामा सक्रिय सङ्क्रमितको संख्या एक हजार हाराहारीमा थियो भने अहिले सात सय भन्दा पनि कम रहेको उनले भने ।
जारी आदेशमा सभा सेमिनारका लागि मापदण्ड अपनाएर सीमित संख्यामा मानिस रहेर सञ्चालन गर्न अनुमति दिइएता पनि सिनेमा हलका लागि हल सञ्चालकले कार्यविधि पेश गरेमा सोही अनुसार अनुमति दिइने उल्लेख छ । विद्यालय खोल्ने हकमा विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको समन्वयमा असोज १ गतेदेखि सञ्चालन गर्न सकिने पौडेलले बताउनुभयो ।
अन्य आदेशहरू पहिलेकै नियम अनुरूप चल्ने कार्यालयले बताएको छ । आदेशमा संक्रमित दर थप घट्दै या बढ्न गएमा जारी गरिएको निषेधाज्ञाको समयावधि भित्रनै आदेश संशोधन एवं पुनरावलोकन गर्न सकिने जारी आदेशमा उल्लेख छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन थप खुकुलो, असोज १५ सम्म निषेधाज्ञा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













