चितवन / पछिल्लो २४ घण्टामा चितवनमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको हो ।
जस अनुसार भरतपुर महानगरपालिकामा ३५ जना, खैरहनी नगरपालिकामा तीन जना, माडी नगरपालिकामा ४ जना, रत्नगरमा एक जना, राप्तीमा ११ जना, कालिकामा दुई जना र इच्छाकामनामा एक जना थपिएका हुन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या ६८५ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा ६५५ जना र अस्पतालमा आइसोलेसनमा ३० जना रहेका छन् ।
यस्तै भरतपुर अस्पतालमा विगत २४ घण्टामा चितवनका दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । आज चितवनमा दुई जनाको मृत्यु भएसँगै चितवनमा ज्यान गुमाउनेको संख्या ४०७ जना पुगेको छ ।
चितवनमा अहिले ४८ जना कोरोनाका बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १७ जना, जेनरल बेडमा १५ जना रहेका छन् ।
विगत २४ घण्टामा विभिन्न अस्पतालमा सात जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
- ADVERTISEMENT -

चितवनमा थप ५७ संक्रमित, संक्रमणबाट दुईको मृत्यु
September 15, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
