April 29, 2025

दशैं तिहार लक्षित : देशका विभिन्न स्थानमा सहुलियत पसल सुरु

September 17, 2021
- ADVERTISEMENT -

काठमाडौं / दशैं–तिहारलाई लक्षित गर्दै सरकारले देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ ।
आज शुक्रबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ । त्यस्तै उक्त पसलमा सामान खरिद गर्दा उपभोक्ताले प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट पाउने छन् ।
सहुलियत पसलमा उपभोक्ताले दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु किन्न पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको मन्त्रालयकी उपसचिव उर्मिला केसीले बताइन् । उनका अनुसार दशैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुनेछ । त्यस्तै सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी बताउछन् ।

- ADVERTISEMENT -