२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

काठमाडौं प्रशासनद्वारा भौतिक उपस्थितिमा तत्काल पठनपाठन नगर्न अनुरोध

प्रकाशित मिति : २०७८ आश्विन १ गते
Sketch
- ADVERTISEMENT -

काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितिमा पठन पाठन शुरु नगर्न आदेश जारी गरेको छ ।
तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले आज शुक्रबारदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले सो आदेश जारी गरेको हो ।
यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।
प्रशासनले बिहीबार जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि सूचनामा उल्लेख गरेको छ ।
साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले अर्को व्यवस्था नभएसम्मका भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको हो ।

- ADVERTISEMENT -