Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको रत्ननगर अस्पतालमा मृगौलाको सफल शल्यक्रिया

प्रकाशित मिति : २०७८ आश्विन २ गते

चितवन / बकुलहर रत्ननगर अस्पतालमा मृगौलाको सफल शल्यक्रिया गरिएको छ । राप्ती नगरपालिका गड्यौलीकी ५५ वर्षीय सीता राईको खराब भएर काम नगर्ने अवस्थामा रहेको एउटा मृगौला बिहीबार शल्यक्रिया गरेर निकालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले जानकारी दिए ।
शल्यक्रियामा डाक्टर सरोज गिरीको नेतृत्वमा डाक्टर दिपेन्द्रकुमार मल्लीक, डाक्टर अस्मिता पौडेल, चिनमाया श्रेष्ठ, समिता थनेत लगायतको टोलीको सहभागिता थियो । अस्पतालमा पहिलो पटक मृगौलाको शल्यक्रिया गरिएको हो ।
पछिल्लो समय आफ्नो सेवा विस्तारमा फड्को मार्दै आइरहेको अस्पतालले सेवा विस्तारलाई निरन्तरता दिदै जटिल मानिने मृगौलाको शल्यक्रिया गर्न पनि सुरुवात गरेको डाक्टर गिरीले जानकारी दिए । लामो समयदेखि मृगौलाका बिरामीको डायलासिस गर्दै आइरहेकोे अस्पतालले डायलासिसको लागि चाहिने एबी फिस्टुला बनाउने सेवा पनि सुरु गरिएको डाक्टर गिरीको भनाइ छ ।
पुर्वी चितवनका ४ नगरपालिकालाई लक्षित गर्दै सेवा दिइरहेको बकुलहर रत्ननगर अस्पतालले एक वर्ष अघि शल्यक्रिया सेवा सुरु गरेको थियो । अस्पतालले हाल विरामीलाई पित्तथैलीको शल्यक्रिया, एपेन्डीसको सल्यक्रिया, पत्थरीको सल्यक्रिया, हर्नियाको शल्यक्रिया, आन्द्राको शल्यक्रिया लगायतको सेवा दिँदै आइरहेको छ ।
अस्पतालले पित्त थैलीको क्यान्सरको शल्यक्रिया, नशाको शल्यक्रिया लगायतको सेवा पनि थप्ने तयारी गरिरहेको जनाएको छ । छिट्टै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा गर्ने तयारी गरिरहेको अस्पतालले दैनिक छ सयभन्दा बढी विरामीलाई सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42