२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

चितवनमा समाजवादी प्रेस संगठन घोषणा, दुई पत्रकार सम्मानित

प्रकाशित मिति : २०७८ आश्विन २ गते
- ADVERTISEMENT -

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पहिलोपटक चितवनमा पत्रकारहरुको जिल्ला शाखा चितवनमा गठन गरेको छ । पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति शनिबार घोषणा गरिएको हो ।
यस्तैगरी उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् भने सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक र डिलकुमारी नेपाल चयन भएका हुन् । त्यस्तै प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाको गत वर्ष २०७७ साल चैतमा सम्पन्न अधिवेशनमा विजयी हुनु भएका पत्रकारद्वय ज्ञानेन्द्र तामाङ र बबिलाल तामाङलाई सम्मान गरिएको थियो ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा कृष्ण पन्तलगायतले नयाँ कार्यसमिति गठन गरेका हुन् ।

- ADVERTISEMENT -