मकवानपुर / सरकारले पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको छ । गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर पारी विभिन्न क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गरिने उल्लेख गरेको छ ।
अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् । २०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।
अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।
मनकामना एफएम, नेशनल एफएम, पाल्पाको रेडियो पश्चिमाअञ्चल, रेडियो सगरमाथा, शक्ति एफएम, रेडियो सरोवरलगायतका एफएम रेडियोको रिपोर्टर, समाचार प्रमुख र सम्पादकको रुपमा उनले काम गरेको अनुभव बटुलेका छन् । अधिकारीको अक्षरका जुलुसहरु, इतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रहहरु प्रकाशित भएका छन् । उनले मकवानपुरे पत्रकारिता (इतिहास र समिक्षा) नामक अनुसन्धानमुलक पुस्तकको सम्पादन गरेका छन् । अधिकारी गीत लेखनमा समेत सक्रिय छन् ।
उनलाई प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार प्रदान गरिसकेको छ । त्यस्तै उनी राष्ट्रिय सूचना आयोगको प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाटसमेत पुरस्कृत भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

तु खबरका सम्पादक अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गरिने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











