चितवन / पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमित शून्य पाइयो । चितवनको सबै स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले देखाएको छ । सम्भवत चितवनमै कोरोना संक्रमित शून्य पाइएको पहिलो हो ।
यस्तै चितवनका विभिन्न अस्पतालबाट चार जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्केका छन् ।
त्यस्तैगरी भरतपुर अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनका एक बिरामीको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा ३५ जनासहित चितवनका सबै अस्पतालमा अहिले कोरोनाका ५१ जना बिरामी उपचाररत रहेका छन् । जसमध्ये आईसीयूमा भरतपुर अस्पतालमा ११ जना र चितवन मेडिकल कलेजमा आठ जना गरेर १९ जना रहेका छन् । चितवनमा भेन्टिलेटरमा एक जना, एचडीयूमा १६ जना र सामान्य बेडमा १६ जना रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा आज संक्रमित शून्य, निको ४ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -











