April 20, 2025

सडक सञ्जालले जोडियो चितवनको ढुंगे गाउँ

September 22, 2021
- ADVERTISEMENT -

चितवन / गाउँमा पहिलोपटक मोटर पुगेपछि स्थानीयवासीले चालकलाई फूलको माला र अबिर लगाएर स्वागत गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तल्लो ढुंगे गाउँमा सोमवार पहिलोपटक मोटर पुगेको थियो । ‘गाउँमा गाडी चल्न सुरुआत भएसँगै कृषि उत्पादन बजार पुर्‍याउन सजिलो हुने भयो ।
आयआर्जनमा समेत वृद्धि हुन्छ ।’ स्थानीयवासी यामबहादुर गुरुङले भने । गाउँमा सडक पुगेसँगै कृषि प्रवर्द्धनका लागि सरकारले तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । विशेषगरी तरकारी खेतीका लागि उर्वरभूमि भए पनि सडक सञ्जालले नजोडिँदा यहाँका स्थानीयवासी व्यवसायी रुपमा कृषि उत्पादनमा लाग्न सकेका थिएनन् ।
जलविरे–चण्डिभञ्ज्याङ कृषि सडकअन्तर्गत चण्डिभञ्ज्याङबाट तल्लो ढुंगेसम्म तीन किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । उक्त गाउँमा मोटरबाटो पुर्‍याउनका लागि वाग्मती प्रदेश सरकारले ससर्त अनुदानबाट रू. २५ लाख विनियोजन गरेको थियो । रासस

- ADVERTISEMENT -