Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा २ महिनामा डेंगु १६ र स्क्रब टाइफसका ९४ जना संक्रमण

प्रकाशित मिति : २०७८ आश्विन ७ गते

–बबिलाल तामाङ
भरतपुर । चितवनमा चालू आर्थिक वर्षको साउनयता डेंगुका १६ र स्क्रब टाइफसका ९४ जना बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ८८९ जनामा डेंगु परीक्षण गर्दा १६ जनामा त्यसको संक्रमण देखिएको हो भने ८३९ जनामा स्क्रब टाइफस परीक्षण गर्दा ९४ जनामा त्यसको संक्रमण भेटिएको हो । लिङ्गका आधारमा हेर्दा दुई जना महिला र १४ जना पुरूषमा डेंगु देखिएका छन् भने ५४ जना पुरूष र ४० जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । यो भदौ मसान्तसम्मको तथ्यांक हो ।
गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने चितवनमा एक हजार ९८६ जनामा डेंगुको परीक्षण हुँदा २४७ जनामा संक्रमण देखिएको थियो भने दुई हजार २९० जनामा स्क्रब टाइफसको परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको थियो । उक्त वर्षमा स्क्रब टाइफसका कारण एक जनाले ज्यानसमेत गुमाएका थिए । डेंगुको निश्चित समय भए पनि स्क्रब टाइफसको अवस्था भने वर्षभरि नै उस्तै रहने स्वास्थ्य कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारी बताउँछन् ।
‘मान्छे सचेत भएर बस्ने हो भने डेंगु नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘किनकि डेंगुबारे धेरै जानकारी गराइसकेका छौँ । र, कसैले थाह नपाए पनि हामी जानकारी गराउँछौँ । तर, स्क्रब टाइफस चाहिँ मानिसको वसमा छैन ।’ डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने हुँदा लामखुट्टे बस्ने संभावित क्षेत्रमा पानी जम्न नदिने, झाडी पन्छाउने, घरवरिपरि सरसफाइ राख्ने गरेमा स्वतः नियन्त्रण हुने उनले बताए । तर, स्क्रब टाइफस भने मुसामा हुने जुम्राले मान्छेलाई टोकेपछि हुने हुँदा मुसा नियन्त्रण गर्न नसकिने उनले बताए ।
‘स्क्रब टाइफस चाहिँ महामारी नबनाउने, तर रहिरहने खालको समस्या हो,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक तिवारी भन्छन्, ‘बढी पानी प¥यो भने मुसाहरू बाहिर निस्कने र आफ्नो सुरक्षाको लागि घरघरमा पस्ने गर्छ । त्यसैले सकभर कुनै पनि घरमा मुसा नपस्ने वातावरण सिर्जना गर्ने हो भने केही हदसम्म आफैँले नियन्त्रण गर्न सकिन्छ ।’ घरमा मात्र नभई खेतमा काम गर्ने बेलामा पनि मुसाको जुम्राले मान्छेलाई टोक्न सक्ने जोखिम बढी देखिएको उनले बताए ।
तर, चितवनमा पछिल्लो समय यी दुवै संक्रमणको जोखिम तुलनात्मकरूपमा कम भएको उनको भनाइ छ । संघीय संरचनानुसार जिल्लाका सबै स्थानीय तहबाट काम भइरहेका र जनस्तरबाटै यसबारे जानकारी पाइसकेको हुँदा जोखिम कम हुँदै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । तर, जोखिम कम भयो भन्दैमा यसलाई वास्ता नगरी बसेमा त्यसले अर्को वर्ष असर पार्न सक्ने हुँदा अर्को वर्षको रोकथामको लागि अहिलेबाटै पूर्व तयारी थाल्नुपर्ने कार्यालय प्रमुख तिवारीले बताए । ‘अर्को वर्ष संक्रमण रोक्नको लागि अहिलेबाटै पूर्व तयारी थाल्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसको लागि जिल्लाका सबै स्थानीय तहले तदारूकता देखाउनुपर्छ ।’
संक्रमणको जोखिम बढिहाल्यो भने तत्काल त्यसलाई नियन्त्रण गर्ने उपाय नहुने हुँदा बेलैमा सचेत हुनुपर्ने उनले बताए । संक्रमणको जोखिम बढ्दै जाँदा त्यसको आरोप स्वास्थ्य कार्यालयले खेप्नुपर्ने हुँदा रोग नियन्त्रण र रोकथाम जनस्तरबाटै हुनुपर्ने विषयमा सबै नागरिक सचेत हुनुपर्ने उनले बताए ।
‘अब हामी घरघरमा, टोलटोलमा पुगेर टायर पन्छाउँदै हिँड्ने, झाडी पन्छाउँदै हिँड्ने भूमिकामा छैनौँ,’ उनले भने, ‘अहिलेको संरचनाअनुसार स्वास्थ्य कार्यालयले आवश्यक परामर्श र सैद्धान्तिक सहयोग दिने हो । टोलटोलमा डुल्ने र समस्या समाधान गर्ने काम स्थानीय तह र सम्बन्धित स्थानका जनता र टोलविकास संस्थाको जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुन्छ ।’
अहिलेको समय डेंगुको समय भएकोले प्रत्येक टोल विकास संस्थाले आफ्नो घर तथा टोल वरिपरिका क्षेत्रमा सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्ने उनले बताए । गत असारमै डेंगु र स्क्रब टाइफसबारे सबै स्थानीय तहलाई सचेत गराइसकेको हुँदा त्यसबारे स्थानीय तहले पनि चासो देखाउनुपर्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77