२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

त्रिशुलीमा कार खस्यो, तीन जना बेपत्ता

प्रकाशित मिति : २०७८ आश्विन ८ गते
- ADVERTISEMENT -

चितवन । त्रिशुली नदीमा कार खस्दा एक जना घाइते भएका छन् भने तीनजना बेपत्ता भएका छन् । कार पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त कार दुर्घटनामा घाइते भएका पोखराका रुद्रलाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कार चालक कास्की पोखरा १७ वस्ने प्रेमबहादुर भुजेल, सोही ठाउँकै लेखबहादुर भुजेल र ईश्वरी भुजेल कारसँगै नदीमा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गएराति पौने १२ बजे चितवन ईच्छाकामना गाउँपालिका ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रीत भई त्रिसुली नदीमा खसेको थियो । हराइरहको कार र बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -