गैंडाकोट / नेपाली कांग्रेस १४औं महाधिवेशनको गैंडाकोट नगरपालिका नगर अधिवेशनमा बद्रि सापकोटा सभापतिमा निर्वाचिन भएका छन् । उक्त निर्वाचनमा सापकोटाको प्यानल नै विजयी भएका छन् । विजयी सापकोटाको ३१३ मत र उनका प्रतिद्वन्द्वी खेम सापकोेटाको १५५ मत रहेको छ भने जसअनुसार १५८ मतान्तरले विजयी भएका हुन् । उपसभापतिमा भने रोशनभक्त अधिकारी र राजेशकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
यस्तैगरी सचिवमा तीनजनाको उमेदवारी परेको थियो । जसमा गोविन्दप्रसाद घिमिरेले ३३३ मत र कृष्णमुरारी खनालले ३१४ मत ल्याई विजयी भएका हुन् भने हरिराम सापकोटाले १९० मत मात्र प्राप्त गर्न सफल भए ।
त्यस्तैगरी सहसचिवमा चार जनाको भिडन्त भएको थियो । जसमा बुद्धिप्रसाद न्यूरेले २८८ मत र रत्नबहादुर बोहोराले २४९ मत ल्याई सहसचिवमा विजयी भएका छन् । यस्तै प्रतिद्वन्द्वीहरु कृष्ण सापकोटाले १६५ मत र राजेन्द्रप्रसाद गौडेलले १४० मत मात्र प्राप्त गरेका थिए ।
यस्तै क्रमशः सदस्यहरुमा गोपिनाथ खरेलले ३३२ मत, कमलप्रसाद कंडेल ३२५ मत, गौरवभक्त अधिकारीले ३२१ मत, ईश्वर पौडेलले ३१४ मत, माधवप्रसाद पौडेलले ३१२ मत, चिरञ्जिवी रिमाल २९८ मत, धनराज कंडेलले २९७ मत, ऋषिराम घिमिरेले २९५ मत, गंगाधर पौडेलले २५८ मत, रमेश तिवारीले २५५ मत, शशीधर न्यौपानेले २४७ मत र धु्रवकुमार पराजुलीले ३३२ ल्याई विजयी भएका हुन् ।
गैंडाकोट नगर सभापतिमा सापकोटासहित न्यानलै विजयी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
