–बबिलाल तामाङ
नारायणगढ / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका दुई वटा तहमा निर्वाचन सकिएको छ । भदौ २१ बाट सुरू भएको अधिवेशनअन्तर्गत वडा र पालिका तहको निर्वाचन सम्पन्न भएको हो । जिल्लाको ९८ वटा वडाबाट २७ हजार ८५५ जनाले क्रियाशील सदस्यता पाएकोमा उनीहरूले आफ्नो मताधिकार प्रयोग गर्दै वडा तहको नेतृत्व छानेपछि त्यही नेतृत्वले हालसालै पालिका तहमा नेतृत्व चयन गरेका छन् ।
पालिका तहमा वडाबाट निर्वाचित भएर आएका वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी कुल दुई हजार ९१३ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेर पालिका तहमा पनि नयाँ नेतृत्व छानेको हो । पालिका तहमा केही नयाँ अनुहार र केही पुरानै अनुहार दोहोरिएका छन् । पार्टीले वडामा जस्तै गाउँ तथा नगर अधिवेशनको कार्यसमिति सदस्यतर्फका केही पदमा सहमति जुटाए पनि पदाधिकारी पदमा सहमति जुटाउन नसक्दा सातवटै पालिकामा प्रतिष्पर्धात्मक निर्वाचन भएको हो ।
सातवटा स्थानीय तहमध्ये सभापति पदका लागि भरतपुर महानगरपालिकामा सात जना र अन्य पालिकामा दुई/दुई जनाले चुनाव लडेका थिए । गाउँ/नगर सभापति पदका लागि कालिका नगरपालिकाबाहेक जिल्लाको बाँकी सबै पालिकामा बहालवाला सभापति नै पुनः सभापति बन्ने दौडमा लागेका थिए । तर, यसपटक दुई जना बहालवाला सभापतिले मात्रै आफ्नो कार्यकाल दोहो¥याउन सफल भएका छन् ।
इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाले पुरानै अनुहारलाई पार्टी सभापतिमा चुनेका छन् । कृतिकुमार श्रेष्ठलाई इच्छाकामना गाउँपालिका र कोमलनाथ भुसाललाई माडी नगरपालिकाको पार्टी सभापतिमा दोहोरिएर काम गर्ने मौका दिएका छन् ।
तर, भरतपुर महानगरपालिका–सहित राप्ती, रत्ननगर र खैरहनीमा भने मतदाताले पुराना अनुहारलाई विश्वास गरेनन् । ती पालिकाहरूमा नेतृत्व गर्न नयाँ अनुहार आएका छन् । भरतपुरमा बहालवाला सभापति भरत अधिकारीलाई पछि पार्दै जिल्ला कार्यसमितिमा रहेका भरतपुर २१ का वडाअध्यक्षसमेत रहेका चित्रसेन अधिकारीले जित हात पारेका छन् । कुल एक हजार ४७० मतदाता रहेको भरतपुरमा बिजयी भएका चित्रसेन अधिकारीले ६४९ मत ल्याउँदा भरत अधिकारीले ५४६ मत पाएका थिए । यीबाहेक विद्यार्थी नेता बचन कार्की, स्थानीय विभाग चितवनका सदस्य हीरामणि अधिकारी, भरतपुर १२ का पूर्व वडा सभापति अर्जुन रिजाल पनि भरतपुर महानगरपालिकाको नगर सभापति पदका लागि चुनावी मैदानमा होमिएका थिए ।
रत्ननगर नगरपालिकाका पार्टी सभापति रूपनराज घिमिरेलाई पनि यस पटक मतदाताले पत्याएनन् । दुई प्यानल भएर चुनावी मैदानमा होमिएका उम्मेदवारहरूमध्ये पदाधिकारी पदका लागि सभापतिमा उनका प्रतिद्वन्द्वी प्रल्हाद सापकोटाले नेतृत्व सम्हाल्ने मौका पाएका छन् । सापकोटाले १३० मत ल्याउँदा घिमिरेले जम्मा ९८ मतमा चित्त बुझाउन बाध्य भए । नयाँ नेतृत्वमा आएका सापकोटा कांग्रेस चितवनमा कार्यसमिति सदस्य हुन् ।
राप्ती नगरपालिकाको सभापति पदमा पनि बहालवाला सभापति नारायण उप्रेतीलाई पराजित गर्दै कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका देवेन्द्र लामाले नेतृत्व सम्हाल्ने जिम्मा पाएका छन् । हाल राप्ती ९ का वडा अध्यक्षसमेत रहेका उनले फराकिलो मतअन्तरले उप्रेतीलाई पराजित गरेका हुन् । लामाले १२७ मत ल्याउँदा उप्रेतीले जम्मा ८७ मतमात्र पाउन सफल भए ।
खैरहनीमा पनि बहालवाला नगर सभापति शशिकुमार खनियाँ पराजित भए । गुणराज श्रेष्ठसँग निकै संघर्षपूर्णरूपमा हार व्यहोरेका हुन् । श्रेष्ठले १४५ मत ल्याउँदा खनियाँले १४२ मत ल्याएका थिए । हालसम्म पार्टीमा ठूलो जिम्मेवारी नपाएका श्रेष्ठ उद्योग वाणिज्य संघ खैरहनीका पूर्व अध्यक्ष हुन् ।
इच्छाकामना गाउँपालिकामा भने पुरानै अनुहारलाई जिम्मेवारी सुम्पिएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनबाट गाउँपालिकाको उपाध्यक्ष पदमा बिजयी भएरका कृतिकुमार श्रेष्ठलाई आगामी कार्यकालको लागि पनि मतदाताले विश्वास गरेपछि उनका प्रतिद्वन्द्वी एवम् पार्टीको पूर्व गाउँसमिति सभापति विष्णुकुमार कुँवरले पराजय भोगेका छन् । कुल १३३ मतदाता रहेको इच्छाकामनामा श्रेष्ठले ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले जम्मा ६२ मतमात्रै ल्याउन सफल भए ।
माडीमा पनि वहालवाला नगर सभापतिले नयाँ कार्यकाल सम्हाल्ने मौका पाएका छन् । प्रतिद्वन्द्वी खेम महतोलाई पछि पार्दै कोमलनाथ भुसालले पुनः पार्टीको संघर्षपूर्ण जित हात पारेका हुन् । उनले ७४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी खेम महतोले ७१ मत प्राप्त गरेका थिए ।
यस्तै कालिका नगरपालिकामा भने लीलाबहादुर गुरूङलाई पराजित गर्दै दिपेश्वर केसीले बिजय हासिल गरेका छन् । कालिका नगरपालिका वडा नं. १ का अध्यक्षसमेत रहेका गुरूङलाई पछि पार्दै केसीले १० मतको अन्तरमा जित हात पारेका हुन् । केसीले ११२ मत ल्याउँदा गुरूङले १०२ मत प्राप्त गरेका थिए ।
सहमति जुटाउन नसक्दा जिल्लाको सातवटै पालिकामा निर्वाचन
October 2, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
