काठमाडौं / पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ ।
पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारण सोह्रश्राद्धको अरु तिथिमा श्राद्ध गरिएन भने पनि औँसी तिथिमा गर्न सकिने कर्मकाण्डीय व्यवस्था रहेको छ । कूर्म पुराणको अनुसार सोह्र श्राद्धको औंसीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यसदिनको साँझसम्म आफ्ना कुलका वंसजहरूले श्राद्ध गरे नगरेको हेर्ने गर्दछन् ।
पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ । सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले औंसी तिथिमा श्राद्ध गर्ने धार्मिक नियम रहेको छ । श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानीन्छ । यदी घरमा श्राद्ध तर्पणादि कार्य सम्भव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ ।
पौराणीक ग्रन्थहरूमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ । पितृऋणबाट मुक्त हुन सकिएन भने हामीले गरेका पुण्यकर्महरूको कुनै अर्थ रहँदैन । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्षको सुरुवात हुन्छ । दार्गा पक्ष अर्थात् बडादसैं भोली देखी सुरु हुँदै छ ।
भोलि २१ गते सबैको दसैंघर वा पूजा कोठमा घटस्थापना गरीन्छ । भोलिदेखि नवरात्रको नौ दिनसम्म देवीको नौ अवतारको पुजा आराधना गरी दसौं दिन देवीको टिका प्रसाद ग्रहण गरी कोजाग्रत पूर्णिमाका दिन देवीको प्रसादलाई सेलाएर दसैंको बिदा गरिन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23










