चितवन / भरतपुर महानगरपालिका वडा न ९ का गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा न ९ कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकाको सहकार्यमा कार्यालय परिसरमा पौष्टिक आहार वितरण गरिएको हो । कार्यक्रममा ६० जना गर्भवती महिलालाई पौष्टिक आहार प्रदान गरिएको प्रमुख अतिथि वडा न ९ का वडा अध्यक्ष यमलाल कडेलले जानकारी दिए ।
उनका अनुसार पोषण आहारमा एक क्यारेट अण्डा, चना, केराउ, बोडी, आयोडिनयुक्त नुन, साबुन, दाल लगायतका सामाग्रीहरु रहेका वितरण गरिएको थियो । यस्ता कार्यक्रमले गर्भवती महिलामा स्वास्थ्य प्रति सचेत हुनुका साथै नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको समेत विकास गराउने उनको भनाइ छ । डा सतिस ढकालले गर्भवती महिलाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले वडा र स्वास्थ्य स्वयंसेविकाले यो विषयलाई महत्व दिइएको बताए ।
उनले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराबारे चेतना फैलाउने कार्य निरन्तर गर्नु पर्ने बताए । उनले गर्भवती महिलाले ९ महिनाको अवधिमा ४ पटक सम्म स्वास्थ्य जाँच अनिवार्य रुपमा गर्नु पर्ने बताए ।
स्वास्थ्य कार्यालयमा गर्भवती महिलाको लागि सबै सेवाहरु उपलब्ध रहेको साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सबै किसिमका सुविधा दिइने उनको भनाइ छ ।
भरतपुर ९ का ६० गर्भवती महिलालाई पौष्टिक आहार
October 6, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
