२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

भरतपुर ९ का ६० गर्भवती महिलालाई पौष्टिक आहार

प्रकाशित मिति : २०७८ आश्विन २० गते

चितवन / भरतपुर महानगरपालिका वडा न ९ का गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा न ९ कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकाको सहकार्यमा कार्यालय परिसरमा पौष्टिक आहार वितरण गरिएको हो । कार्यक्रममा ६० जना गर्भवती महिलालाई पौष्टिक आहार प्रदान गरिएको प्रमुख अतिथि वडा न ९ का वडा अध्यक्ष यमलाल कडेलले जानकारी दिए ।
उनका अनुसार पोषण आहारमा एक क्यारेट अण्डा, चना, केराउ, बोडी, आयोडिनयुक्त नुन, साबुन, दाल लगायतका सामाग्रीहरु रहेका वितरण गरिएको थियो । यस्ता कार्यक्रमले गर्भवती महिलामा स्वास्थ्य प्रति सचेत हुनुका साथै नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको समेत विकास गराउने उनको भनाइ छ । डा सतिस ढकालले गर्भवती महिलाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले वडा र स्वास्थ्य स्वयंसेविकाले यो विषयलाई महत्व दिइएको बताए ।
उनले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराबारे चेतना फैलाउने कार्य निरन्तर गर्नु पर्ने बताए । उनले गर्भवती महिलाले ९ महिनाको अवधिमा ४ पटक सम्म स्वास्थ्य जाँच अनिवार्य रुपमा गर्नु पर्ने बताए ।
स्वास्थ्य कार्यालयमा गर्भवती महिलाको लागि सबै सेवाहरु उपलब्ध रहेको साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सबै किसिमका सुविधा दिइने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36