२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेयर दाहालद्वारा भरतपुर १० को नवनिर्मित वडा कार्यालय उद्घाटन

प्रकाशित मिति : २०७८ आश्विन २१ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर १० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । आज (बिहीबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालबाट नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।
भरतपुर महानगर र जिल्ला समन्वय समितिको सहयोगमा निर्मित २ तले भवनको भरतपुर महानगर प्रमुख रेनु दाहालले उदघाटन गरेकी छिन् ।
२९ वटा वडा रहेको महानगरमा जनप्रतिनिधि आएपछि १४ वटा नयाँ भवनहरु निमार्ण भईसेका छन् भने ६ वटा लाई मर्मतसम्भार गरि सेवा प्रदान गरिदैं आएको छ ।
केही वडा भवन निमार्णका लागी प्रक्रिया अगाढी बढेको महानगरले जनाएको छ । महानगरले १४ वटा वडाका नयाँ भवन निमार्णका लागि झण्डै ३१ करोड रकम लगानी गरेको महानगरका लेखा शाखा प्रमुख जगन्नाथ अर्यालले बताए । भवनको उदघाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले जनप्रतिनिधि आएको यो ४ वर्षको अबधिमा महानगरमा धेरै बिकास भएको बताईन् ।
भरतपुरमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै देशले गौरव गर्ने ठुला ठुला परियोजनाहरु पनि धमाधम निमार्ण भईराखेको दाबी गरिन् ।
जनताका बिचमा गरेका बाचा अनुसार अनवरत काम गरिरहेको दाहालले बताईन् । महानगरले आफ्नो बजेटबाट ठेक्कामा लगाएका कामहरु अहिले समयमै धमाधम निमार्ण भईराखेको र बिकासमा महानगर देशको मोडल बनेको पनि दाबी गरिन ।
कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले कोरोनाको यो महामारीमा पनि एक दिन नथाकी आफुहरु निरन्तर विकास र जनताको सेवामा परिचालन भएको बताईन् । उनले बिकासमा महानगरले धेरै फड्को मारेको दाबी गरिन् । अझै आफुहरुले धेरै काम गर्न बाँकी रहेको उनको भनाई थियो ।
कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्वर १० का अध्यक्ष अरुण पिडित भण्डारीले महानगरमा सक्षम र इमान्दार महिला नेतृत्व आएकै कारण महानगरले अकल्पनिय रुपमा बिकास गर्न सफल भएको बताए ।
यस्तो नेतृत्व अब महानगरले कहिले नपाउने उनको भनाई छ । कार्यालय निमार्णसंगै अब सेवा प्रबाहमा थप सहज हुने उनको भनाई थियो ।
कार्यक्रममा युएनडिपिले बिपतका बेला प्रयोग हुने उपकरणहरु समेत वडा कार्यालय लाई प्रदान गरेको छ । सो अवसरमा बिभिन्न ब्याक्तिहरुलाई सम्मान पत्रसंगै मायाको चिनो समेत प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -