April 29, 2025

कृषि क्षेत्रमा ग्रामीण महिलाको योगदानको कदर गर्न माग

October 9, 2021
File Photo.
- ADVERTISEMENT -

भरतपुर / कृषि क्षेत्रमा ग्रामीण महिलाहरूले पुर्याएको योगदानको कदर गर्न माग गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपालले शुक्रबार भरतपुरमा आयोजना गरेको १४औँ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने सहभागीहरूले घरभित्रका जिम्मेवारी पुरा गरी महिलाले कृषि र देशका लागि पु¥याएको योगदानको कदर गर्न माग गरेका हून् ।
राष्ट्रिय सरोकार तथा समन्वय समिति संयोजक पार्वती रावलले घरभित्र र कृषिमा महिलाले गरेको कामको मुल्यांकन हुनुपर्ने बताइन् । उनले महिलाभित्रको विविधतालाई अन्त्य गर्न कामको सम्मान हुनुपर्नेसमेत बताइन् । ‘ग्रामीण र सहरका महिलाको समस्या फरक छ । ग्रामीण भेगका महिलाहरू अझै राज्यले दिने सेवाबाट बञ्चित छन्,’ उनले भनिन्, ‘उनीहरूलाई सेवाबाट बञ्चित हुन नदिन आर्थिकरूपमा बलियो बनाउनुपर्छ ।’
माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतोले महिलाहरू आफ्नो अधिकार खोज्ने कुरामा निकै तल रहेको बताइन् । विभिन्न तहमा महिलाको सहभागिता रहे पनि निर्णायक तहमा महिला अझै पुग्न नसकेको उनले बताइन् । अझै पनि हाम्रो पितृ सत्तात्मक सोच नहटेका कारण राज्यका विभिन्न तहमा महिलाको उपस्थिति न्यून रहेको उनको भनाइ छ । ‘निर्णायक तहमा महिला छैनन्’, उनले भनिन्, ‘आयआर्जनमा जोडेर आर्थिकरूपले दरिलो भएनन् भने महिलाहरूले आधिकार पाउन सक्दैनन ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उप–प्राध्यापक सिम्रीका रिजालले ग्रामीण क्षेत्रमा महिलाहरू कृषि क्षेत्रमा सहभागी भए पनि त्यसबाट हुने मुनाफा उनीहरूले नपाएको बताइन् । अधिकांश पुरूष विदेश गएको अवस्थामा सरकारले महिलामैत्री कृषिऔजार महिला समक्ष पु¥याउनसमेत सरकारलाई आग्रह गरिन् । ‘७० प्रतिशतभन्दा बढी ग्रामीण महिला तथा किशोरीहरूले नेपालको कृषि थेग्दै आएका छन् । उनीहरूले कृषिप्रधान देश भनेर नेपाललाई चिनाइरहेका पनि छन् । रातदिन नभनि यस कर्ममा लागेकहरूलाई राज्यले कदर गर्नुपर्छ’, उनले भनिन् ।
कार्यपत्र प्रस्तुत गर्दै उनले खाद्य सुरक्षा तथा पोषण, भूमि तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित ज्ञान र अनुभवलाई राज्यले कृषि विकासको आधारमा लिन सक्नेपर्ने बताइन् ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले ग्रामीण महिलाहरू अझै स्रोतसाधनविहीन रहँदा पछि परेको बताए । उनले भोग र रोगको प्रवाह नगरी काम गर्ने महिलाहरूको उचित मुल्यांकन नहुँदा समस्या आएको बताए ।
कृषि विज्ञ कृष्णप्रसाद पौडेलले राजनीतिक सचेतना नपुगेका कारण महिलाहरू अझै पछि परेको बताए । ‘स्थानीय तहमा महिला सहभागिताका लागिमात्र उपस्थिति छ, त्यहाँ उनीहरूको निर्णय गर्ने अधिकार छैन,’ उनले भनिन्, ‘अब हुने निर्वाचनमा महिलाहरू सक्रिय भएर आउनुपर्छ ।’
कार्यक्रममा मिलन घलानले तयार परेको ‘आधा आकाश’ शीर्षकको नाटकसमेत प्रस्तुत गरिएको थियो । कृषिको प्रवद्र्धनको लागि ग्रामीण महिलाहरूको मह¤वपूर्ण भूमिका पु¥याउने महिलाको योगदानस्वरूप सन् २००७ बाट हरेक १५ अक्टोवरमा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २०१४ देखि मनाउन सुरू गरिएको राष्ट्रिय कृषक महासंघकी महासचिव रतिा वस्ताकोटीले बताइन् । कार्यक्रमलाई खाद्यका लागि कृषि अभियान, भरतपुर महानगरपालिका, वागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सहकार्य गरेको थियो ।

 

- ADVERTISEMENT -