Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ घोषणा

प्रकाशित मिति : २०७८ आश्विन ३० गते

मुम्बई / बलिउड अभिनेता अक्षय कुमारले विजया दशमीको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नयाँ फिल्म ‘गोरखा’ को फस्र्ट लुक पोस्टर शेयर गरेका छन् ।
उक्त फिल्ममा आफूले मेजर जनरल इयान कार्डोजोको भूमिका निर्वाह गर्ने समेत अक्षय कुमारले घोषणा गरेका छन् ।
अक्षय कुमारले फस्र्ट लुकमा फिल्मका पोस्टरका दुई तस्बिरहरु ट्वीट गर्दै लेखेका छन्– ‘कहिलेकाहिं तपाईंको अघिल्तिर यस्ता प्रेरक कथाहरु आउँछन्, तपाईंले त्यसलाई बनाउन चाहनु हुनेछ । गोरखा–महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित त्यस्तै एउटा फिल्म हो । यी आइकनको भूमिका निर्वाह गर्न तथा यो विशेष फिल्मलाई प्रस्तुत गर्न पाउँदा सम्मानित महसुस गरिरहेको छु । सञ्जय चौहानद्वारा निर्देशन गरिने फिल्म ।’
महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित ‘गोरखा’ को निर्देशन संजय पूरन सिंह चौहनले गर्नेछन् । मेजर जनरल इयान कार्डोजो एक पूर्व भारतीय सेना अधिकारी हुन्, जो एक बटालियन तथा एक ब्रिगेडको नेतृत्व गर्ने भारतीय सेनाको पहिलो युद्ध–दिव्यांग अधिकारी बनेका थिए ।
युद्धमा लागेको चोटका कारण उनले विच्छेदन (अंग हटाउने प्रकृया) गर्नु परेको थियो र सन् १९८४ मा ब्रिगेडियरको रुपमा पदोन्नती हुने क्रममा उनको एउटा खुट्टा काठको थियो ।
इयान कार्डोजोले सन् २००५ देखि २०११ सम्म भारतीय पुनर्वास परिषदको अध्यक्षको रुपमा पनि काम गरेका थिए । आफ्नो खुट्टा काटिए पनि पूर्व भारतीय सेना अधिकारी नियमित रुपले मुम्बई म्याराथनमा भाग लिइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51