चितवन / गत पाँच दिन बेपत्ता भएकी आमा छोरी छैंटो दिन देवघाटमा भेटिएकी छिन् । देवघाटका स्थानीय र अन्य देख्नुहुने व्यक्तिहरुको फोन मार्फत् आमा र छोरी आज आइतबार फेला परेको उनका छोरा विनोद अधिकारीले न्यूजप्रवाह डटकमलाई जानकारी दिए ।
उनीहरु असोज २६ गते फूलपातीबाट बेपत्ता भएकी हुन् । भरतपुर महानगरपालिका वडा नम्बर ५ हेल्थपोष्ट नजिकैबाट ५० वर्षीय लक्ष्मी अधिकारी र २६ वर्षीय संगिता अधिकारी बेपत्ता भएकी थिइन् । लक्ष्मी र संगीता नाताले विनोदका आमा र बहिनी हुन् ।
विनोदका अनुसार घरमा फूलपातीका दिन बिहान सामान्य घरायसी झैं–झगडा पश्चात आमा र बहिनी बिहान सांँढे १० बजेतिर घरबाट निक्लेका थिइन् । सोही दिन साँझ ६ बजेतिर सम्पर्क गर्दा मोबाईलको घण्टी गएपनि आमाले नउठाएको विनोदको भनाइ छ ।
विनोदले पुनः सम्पर्क गर्न खोज्दा आमाको मोबाइलमा सम्पर्क हुन सकेन । टीकाको दिनमा समेत आमा नआएपछि उनले प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । विनोदका बुबा यसअघि नै स्वर्गीय भैसकेका छन् ।
बिनोदकी बहिनी सुस्तःमनस्थिति भएको र आमा सम्पर्कमा नआएपछि देख्नु हुने र भेट््नु हुने सबैलाई नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन उनले आग्रह गरेका थिए ।
चितवनमा फूलपातीबाट बेपत्ता आमाछोरी देवघाटमा फेला
October 17, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
