चितवन / नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णयको एमाले चितवनले स्वागत गरेको छ । शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाले चितवनले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको भन्दै स्वागत गरेको हो ।
पार्टीले शुक्रबारदेखि नै महाधिवेशनको तयारी थालेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । एमालेले स्थान छनोट कार्य तीव्र पार्ने जनाएको छ । एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।
एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । उनले पार्टीले महाधिवेशनका लागि कसैसंग चन्दा नमाग्ने जानकारी दिए । भेगीय हिसावले चितवन आउन र जान सहज भएकाले यहाँ रोजिएको उनको भनाई छ ।
‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी बन्नेछन्,’ उनले भने, ‘उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको छ ।’ महाधिवेशनस्थल चितवन रोज्नुका पछाडि भएका विभिन्न टिकाटिप्पणी सही नभएको दावी उनले दावी गरे ।
प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा प्रदेश अध्यक्ष पोखरेलले भने, ‘चितवन भूगोलका हिसाबले पनि मध्यभाग छ, आवतजावत गर्न पनि सहज छ, चार घण्टा समय जोगाउनुपर्छ भनेर छानिएको हो, बाहिर टिकाटिप्पणी गरेजस्तो हैन, हामीहरुको प्रतिस्पर्धा कुनै दलसँग हैन, पाँच दलीय गठबन्धनसँग हो ।’
उनका अनुसार महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुनेछन् । ‘वागमती कमिटीले ३ गते चितवनमै गर्न सिफारिस गरेका थियौं, ४ गते स्थायी कमिटीले निर्णय ग¥यो,’ उनले भने, ‘बागमती प्रदेश र चितवनको सम्मान भएको छ, हामी महाधिवेशन सफल पार्न लाग्ने छौं ।’
उहाँले एमालेले एक्लै संसदीय चुनावमा बहुमत ल्याउने दावीसमेत गर्नुभयो ।
एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का, विश्वासघात बाबजुत पनि एमाले शशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए । देश बनाउने र समाजवादको यात्रामा जाने सामथ्र्य एमालेसँग मात्रै भएकाले जनताको विश्वास जित्ने दावी गरे । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनका ९८ वडामा यही ६ गते र ७ स्थानीय तहमा ९ गते पालिकास्तरको नेतृत्व सर्वसम्मत चयन गर्न लागिएको बताए ।
नेकपा एमालेले महाधिवेशनमा ५ लाख जनता उतार्ने तयारी
October 22, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
