चितवन / भरतपुर वडा नं. ७ बुद्धचोकमा १२ महिलासहित ११० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको आयोजनामा शनिबार उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका अस्पतालहरुमा रगतको अभाव कम गर्न रक्त संकलन कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका सभापति कृष्ण ढकालले बताए । रक्तदान कार्यक्रम बाग्मती प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, नेपाल रेडक्रमस सोसाईटीका मन्त्री हरिप्रसाद पौडेल, नेपाली काग्रेसका वडा सभापति विनोद ढकाल, शाखाका पूर्व सभापति काशिराम अधिकारी, वडासदस्य सरिता कुमारी पाठक, कृष्णपुर स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्रराज पौडेललगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम उपशाखाका सभापति ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर–७ मा बाह्र महिलासहित ११० जनाले गरे रक्तदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












