चितवन / भरतपुर महानगरभित्रका २३९ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको छ । भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ का २३९ जना विद्यार्थीलाई मंगलबार पूर्ण रुपमा छात्रवृत्ति प्रदान गरेको हो ।
महानगरले २८ वटा निजी तथा सामुदायिक विद्यालयमा ११ र १२ को निशुल्क पढ्न पाउने गरी छात्रवृत्ति प्रदान गरेको हो । अरोमा स्कुल भरतपुरले सबैभन्दा बढी ४५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले महानगरमा एक कार्यक्रमको आयोजना गरी महानगर प्रमुख रेनु दाहालको हातबाट छात्रवृत्ति पाउन सफल बिद्यार्थी र कलेजलाई सिफारिस पत्र प्रदान गरेको छ ।
जेहेन्दार विद्यार्थीको रुपमा १०८ जना, गरिव तथा बिपन्न ८५ जना, आदिवासी जनजातिमा २४ जना, दलितमा १२, अपांगता भएका २ जना, जनआन्दोलन घाईतेका सन्तती ६ जना, शहिद परिवारबाट १ जना, मधेश आन्दोलन घाईतेका सन्तती १ जना गरेर २३९ जनालाई महानगरले पुर्ण रुपमा पारदर्शी तवरले छात्रवृत्ति प्रदान गरेको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए ।
प्रमुख दाहालले महानगरको शैक्षिक विकासमा भरतपुर महानगर निकै लागेको र महानगरले महानगरका २८ विद्यालय संग समन्वय गरि २३९ बिद्यार्थीलाई निशुल्क रुपमा कक्षा ११ र १२ सम्म पढाउन सफल भएको बताईन् । ८० प्रतिशत भन्दा कम हाजिर भएको अवस्थामा, उच्च ग्रेड हासिल नगरेको र बाल विवाह गरेको हकमा बाहेक ११ को छात्रवृत्ति १२ मा पनि निरन्तर प्रदान हुने भरतपुर महानगर प्रमुख दाहालको भनाई छ ।
महानगरले महानगर क्षेत्रको चौतर्फी विकासका लागि आफूहरुले अहोरात्र काम गरेको र यसअघि पनि सरकारी विद्यालयको शिक्षाको स्तर विकाससँगै विद्यार्थीको आकर्षण बढाउन स्कुल बस वितरणदेखि भौतिक संरचना विस्तार र सुधारमा धेरै कामहरु भइसकेको बताइन् ।
अबको छोटो समयमा पनि आफूहरुले महानगरवासीको धेरैभन्दा धेरै हितका लागि निरन्तर रातदिन नभनि लागिरहने प्रतिवद्धता जनाइन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार बिकास सबै क्षेत्रमा महानगरले अनवरत रुपमा सार्थक कामहरु गरेर परिणाम दिएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले प्रमुख र उप प्रमुखले आफ्नो स्वार्थमा रहेर विद्यार्थी छनोटमा कहिल्यै शैक्षिक प्रशासन महाशाखालाई दवाव नदिएको बताईन् । स्वतन्त्रपूर्वक विद्यार्थी छनौट भएको र छनौटमा परेका सबै बालबालिका आफूहरुकै भएको उनको भनाई छ ।
उनले आफनो र परिवारको लागि मात्रै नभै देशकै भविष्य बनाउनका लागि राम्रोसँग उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरिन ।
भरतपुर महानगरभित्रका २३९ जना विद्यार्थीले पाए छात्रवृत्ति
October 27, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
