काभ्रे / पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले नगरभित्रका ४ हजार ६ सय परिवारको स्वास्थ्य बीमा गरिदिने बताएका छन् । नगरपालिकामा मंगलबार भएको स्वास्थ्य बीमा सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्वास्थ्य बीमा गरी दिने बताएका हुन् ।
‘अब पनौती नगर क्षेत्रका ४ हजार ६ सय घर परिवारको स्वास्थ्य बीमा गरिदिने छौं ।’ नगरप्रमुख न्यौपानेले भने, ‘बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले हामीले यस्तो कार्यक्रम ल्याएका हौं ।’
नगरपालिकाले ६ सय दलित जनजातिको घरपरिवारको बीमाको एक वर्षको सबै प्रीमियम भुक्तानी गर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । उनका अनुसार नगरपालिका भित्रका सहकारीसंगको समन्वयमा विभिन्न सहकारीमा सदस्य रहेका ४ हजार घर परिवारको बीमा गरिने छ ।
जसमा ५ जना सदस्य भएको परिवारलाई नगरपालिकाले १ हजार र सहकारीको तर्फबाट १ हजार र उक्त बीमित परिवारको तर्फबाट १ हजार ५ सय भुक्तानी गर्ने पर्ने प्रमुख तिमल्सिनाले बताए ।
हालसम्म पनौती नगरपालिकामा करिब २ हजार ५ सय परिवारका करिब १६ हजारभन्दा बढी व्यक्तिहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेका छन् । पनौती नगरपालिका र स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
४ हजार ६ सय घरपरिवारको स्वास्थ्य विमा हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
