मकवानपुर / बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी एवम् नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावीपत्र बुझाएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५९ जना सांसदहरुकोे हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पत्र बुझाएका हुन् ।
दावी पत्र बुझाउन पाण्डेसँगै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता सालिकराम जम्कट्टेल,नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र जसपाका सांसद प्रेम तामाङ् प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् । पाण्डे माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद,नेकपा एसका १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दावी पेश गर्न बिहीबार ३ बजेसम्मको समय दिएका थिए । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ ।
गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ र जसपाका एक सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग मत ४३ छ । विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २/२ सदस्य रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा एसका पाण्डेद्वारा मुख्यमन्त्रीमा दावी पेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











