April 23, 2025

सिंहदरबारमा चल्यो गोली

October 27, 2021
- ADVERTISEMENT -

काठमाडौँ / सिंह दरबारमा गोली चलेको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट बुधबार गोली चलेको छ ।
दाहालको पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको थियो । गोली चलेपनि कुनै क्षति नभएको जनाइएको छ ।
महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो ।
पेस्तोलबाट निस्किएको गोली भित्तामा लागेको थियो । प्रहरीले मानवीय त्रुटिका कारण पेस्तोलबाट गोली निस्किएको भएपनि मानवीय क्षति नभएको बताएको छ ।

- ADVERTISEMENT -