भरतपुर / होटल व्यवसायी संघ चितवनले अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघ अन्तरगत सम्पूर्ण इकाई भेला तथा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम बुधवार भरतपुरमा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विश्व शान्तिको कामनाको लागि एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, उपाध्यक्ष केशव हडखोले, लोकनाथ भट्ट (कृष्ण), महासचिव गोपाल श्रेष्ठ, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, माडी इकाई अध्यक्ष गोपाल श्रेष्ठ, मेघौली इकाई अध्यक्ष रामकुमार महतो, शिवघाट इकाई अध्यक्ष डोलबहादुर गुरुङ, भरतपुर इकाई अध्यक्ष राजेन्द्र बोगटीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संघका सचिवालय सदस्य एवं सम्पूर्ण इकाईका संयोजक कृष्णकुमार महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
होटल व्यवसायी संघको अन्तरक्रिया एवम् शुभकामना
October 27, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
