चितवन / कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । कैलाश युथ क्लब भरतपुर ११ को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा चितवन, नवलपरासी र मकवानपुरका विभिन्न ३२ टोलीको सहभागीता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । दुबै समूहबाट एक–एक टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सर्वश्रेष्ठ नारायणी र वनदेवी क्लब भिड्नेछन् । खेल दिउँसो १२ बजे कैलाश क्लबको मैदानमा हुनेछ । फाइनल खेल १७ गते हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ तथा सहप्रायोजकमा नव जागृति सामुदायिक वन रहेका छन् ।
कोभिडले थलेको खेल क्षेत्रलाई चलायमान बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण मरहट्ठाले बताए ।
प्रतियोगिताका मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाईवि) ले फुटबलको विकासका लागि सहकार्य गर्न सदैव तयार रहेको बताए ।
सह प्रायोजक नव जागृति सामुदायिक वनका अध्यक्ष देव गुरुङले यस किसिमको प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता भोलिबाट सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











