April 26, 2025

पाँच एम्पियरका उपभोक्तालाई २० युनिटसम्मको विद्युत निःशुल्क

October 28, 2021
- ADVERTISEMENT -

काठमाडौं / पाँच एम्पियरको लाइन भएका उपभोक्तालाई २० युनिटसम्मको विद्युत् निःशुल्क गरिएको छ । विद्युत् नियमन आयोगले घरायसी उपभोक्तालाई २० युनिटसम्मको विद्युत् निःशुल्क गरेको हो । ती उपभोक्ताले न्यूनतम सेवा (डिमान्ड) शुल्क ३० रुपैयाँ भने तिर्नुपर्नेछ ।
आयोगले विपन्न नागरिकलाई लक्षित गरी यो निर्णय गरेको बताइएको छ । आयोगको १४०औँ बैठकले विपन्न नारिकलाई लक्षित गरी उपभोक्ता महसुलदर निर्धारण गरेको हो । प्राधिकरणको ४९ लाख ७९ हजार ग्राहकमध्ये १९ लाख ८६ हजार ग्राहक पाँच एम्पियरसम्म विद्युत् खपत गर्छन् ।
यसैगरी, सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने घरायसी उपभोक्ताको इनर्जी शुल्कमा प्रतियुनिट ५० पैसा घटाएर नौ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सिंगल फेजबाट मासिक चार सय युनिटभन्दा धेरै विद्युत् खपत गर्ने घरायसी उपभोक्ताको इनर्जी शुल्कमा प्रतियुनिट एक रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।
आयोगले ग्रार्हस्थ्यस्तरमा विद्युत् खपत बढाउन औसतमा २ दशमलव ८४ प्रतिशतले मूल्य घटाएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए ।
सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर ३० एम्पियरका ग्रार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्क २५ रुपैयाँले घटाएको छ । जसअनुसार अब क्रमशः एक सय, १२५ र १५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिंगल फेजबाट मासिक चार सय युनिटभन्दा बढी खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर ३० एम्पियर र ६० एम्पियरका ग्रार्हस्थ्र्य उपभोक्ताको मासिक न्यूनतम शुल्कमा पनि २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।

- ADVERTISEMENT -