चितवन / नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भूमिहिन सुकुम्बासीको नागरिकता सम्वन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताएका छन् ।
चितवनको माडी नगरपालिका ९ स्थित बाँदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बाँदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरूवात भएको बताए । ‘मैले भूमीसुधार मन्त्री र राष्ट्रिय भूमी आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ‘ठोस योजना बनाएर लालपूर्जा वितरण गर्नुस्’ उनले भने ।
यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले नागरिकता वितरण तथा सहजीकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता बिहिन स्थानीयलाई घर आँगनमै नागरिकता वितरण गर्ने उद्देश्य रहेको बताए ।
माडी नगरपालिका वडा न ९ को बाँदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन कार्यालय चितवनको संयुक्त आयोजनामा नागरिकता बितरण कार्यक्रम भएको हो । ७३ वर्षीया हरिमाया‘ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा फूलमाया प्रजाले ७२ बर्षको उमेरमा, अर्का ७४ वर्षीय कृष्णमाया घलानले नागरिकता पाएका छन् । यस्तै ७ सन्तानकी हजुरआमाका सातै सन्तानसँग नागरिकता छैन । यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाउने आश्वासन दिइएको छ ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणी पौडेललगायतले बाँदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा ७३ वर्षीया हरिमाया प्रजा, ७२ वर्षीय फूलमाया प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
भूमिहिन सुकुम्बासी र नागरिकता सम्वन्धी समस्यालाई हल गरिने : प्रचण्ड
October 28, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
