मकवानपुर / मकवानपुरको हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नतीका लागि कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । जसअनुसार आज शुक्रबारदेखि दैनिक ४ घण्टा उक्त सडकखण्डमा सवारीसाधन बन्द हुने भएको हो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन केही घण्टा सवारीसाधन बन्द हुने जानकारी गराएको हो ।
निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीद्वारा जारी सूचनामा भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बिचको एघार घुम्ती क्षेत्रमा सडक सांघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कंक्रिट पेभमेन्ट कार्य हुने भएकोले तीन दिन ४ घण्टा सवै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्याक्टर आदी) का सवारीसाधनमा रोक लगाउने भनिएको छ ।
निर्देशनालयले सम्पूर्ण सवारी साधनहरुको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बन्धित निकायहरुमा समन्वय गरी निर्माण कार्यमा सहयोग पुर्याइदिन सबैलाई आग्रह समेत गरेको छ ।
भीमफेदी–कुलेखानी सडकखण्ड ३ दिन दैनिक ४ घण्टा बन्द
October 30, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
