काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ हजार ३१६ र एन्टिजेन विधिबाट २ हजार ५९५ जनाको परिक्षण गर्दा ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १२ हजार १९४ र एन्टिजेनबाट ९४ हजार ५०३ जना पुगेको छ ।
यस्तै, थप ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९१ हजार २६९ जना पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३९९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ रहेको छ ।
नेपालमा ३७२ संक्रमित थप, संक्रमणमुक्त ९११ जना
October 30, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
