राप्ती / राप्ती नगरपालिका वडा न. २ का गड्यौली भिजेलका २८६ जना स्थानीयले निःशुल्क आँखा जाँच गराएका छन् । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवनको प्राबिधिक सहयोगमा २८६ जना स्थानीयको निःशुल्क जाँच गरिएको हो ।
राप्ती नगर पालिका वडा न. ४ का वडा अध्यक्ष शमशेर लामा प्रमुख अतिथि रहेको सो आँखा शिविर नेपाल कोरिया विज्डम स्कुलमा सम्पन्न भएको हो । अध्यक्ष लामाले औषधीजन्य सामग्री स्वास्थ्यकर्मीलाई प्रदान गरेर निःशुल्क आँखा शिविर सुरु गरिएको थियो ।
वडा अध्यक्ष लामाले निःशुल्क हुने जुनसुकै कार्यक्रमहरुमा स्थानीयलाई सहभागी हुन अनुरोध गरे । निःशुल्क आँखा शिविरले गरिब तथा असहायहरु लाभान्वित उनको भनाइ थियो ।
उक्त आँखा शिविरमा २८६ जना मध्ये ९ जनाको शल्यक्रिया गर्नुपर्ने जानकारी गड्यौली भिलेजका अध्यक्ष गणेश लामाले जानकारी दिए ।