चितवन / विरामी पुर्याएर दर्ता भएको स्थानमा तत्कालै नफर्किने एम्बुलेन्सलाई कार्वाही हुने भएको छ । एम्बुलेन्सले विरामी कुर्नुपर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने भन्दै सरोकारवालाहरुले कार्वाहीको लागि जोड दिएका छन् । सिनर्जी एफएम ९१.६ मेगाहर्जको गौरवमय २०औं वार्षिकोत्सवमा ‘एम्बुलेन्सको अवस्था’ विषयमा आयोजित जन बहस कार्यक्रममा सरोकारवालाहरुले जोड दिएको हो ।
अस्पतालमा विरामी कुरेर बस्ने तर ग्रामिण भेग र दर्ता भएका ठाउँमा एम्बुलेन्स नहुने गरेको भन्ने प्रश्नको जवाफ दिँदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले प्रशासनले कडाई गर्ने बताए । उनले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनका लागि नियमहरु कडाइका साथ लागु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य थापाले सेवा दिन गाह्रो मान्ने र फोन सम्पर्कमा नआउने एम्बुलेन्सहरुलाई दर्ता खारेजी प्रक्रियासम्म लैजान सकिने बताए । एम्बुलेन्स अति आवश्यकीय सेवा हो भएकाले चेकजाँचमा कडाई नगरिएको प्रवक्ता थापाले भने ।
उद्देश्य अनुसार एम्बुलेन्सले सेवा नदिएको गुनासो भएमा खबर भएमा एम्बुलेन्सको दर्ता खारेजी समेत हुने उनको भनाइ थियो ।
स्वास्थ्य कार्यलय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले प्रशासनसँग समन्वय गरेर आम सर्वसाधारणले थाहा पाउने गरी एम्बुलेन्सको भाडादर सार्वजनिक ठाउँमा राखिने बताए । बहसमा भाडामा सेवाग्राही ठगिने गरेको भन्ने प्रश्न उठेसँगै उनले यस्तो प्रतिवद्धता गरेका हुन् ।
यस्तै, संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले बहसमा एम्बुलेन्स चालक र संघ माथि उठेका प्रश्नको जवाफ दिदैं आफूले एम्बुलेन्स संघ सम्बन्धित अनुगमनको विरोध नगरेको बताउँदै एम्बुलेन्सको अनुगमन गर्दा निष्पक्ष र समान तरिकाले गर्न आग्रह गरे ।
यसैगरी, जुनसुकै अवस्थामा पनि अगुगमन गर्न, तथा एम्बुलेन्सलाई प्रयोग गरि का गैरकानुनी काम गरेको थाहा पाए कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले चेतावनी दिए ।
बहसमा एम्बुलेन्स चालकहरुले पनि सेवा दिने क्रमका आफना भोगाइहरु सुनाउँदै आफूहरु माथि आइलाग्ने आरोपले काम प्रति झनै नैराश्यता लाग्ने बताएका थिए । उनीहरुले बिरामीको ज्यान एम्बुलेन्स चालकहरुको हातमा हुने बताँउदै चालकलाई आधारभूत स्वास्थ्य सम्बन्धी तालिम तथा जानकारी दिनु जरुरी रहेको बताएका थिए ।
निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारीले स्वास्थ्य क्षेत्रको अभिन्न अंगको रुपमा रहेको एम्बुलेन्स सम्बन्धी निर्देशिका अनुसार सेवा दिन नसकिएको कुरा स्वीकार गर्दै प्रभावकारी सेवाका लागि सबैको सहकार्य आवश्यक भएको बताए ।
पछिल्लो समय चितवनमा एम्बुलेन्स चालकले फोन नउठाएको, बिरामी लिएर अस्पताल आएपछि अस्पतालमै बसेको, अनुगमनको पाटो पित्तलो भएको, बिरामीसँग बढी भाडा लिएको, सुविधायुक्त एम्बुलेन्स नभएको लगायतका जनगुनासोहरु बढ्दै गइरहेको छ ।
सिनर्जी एफएमको प्राङगणमा भएको बहसमा चितवनमा एम्बुलेन्स सेवाको वर्तमान अवस्था, जनगुनासो, एम्बुलेन्सका मापदण्ड, निर्देशिका, सेवाको प्रभावकारिता, सुधार गर्नुपर्ने पक्ष, अनुगमन लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रमको अन्तमा बहसको कार्यक्रम प्रस्तोता एवं सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जनसरोकारका सवालमा सिनर्जी एफएमले आगामीमा दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा एम्बुलेन्स सेवा प्रभावकारी बनाउन नियममा कडाइ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











