–बबिलाल तामाङ
चितवन / स्वास्थ्य कार्यालय चितवनले जिका भाइरसबाट बच्न आग्रह गरेको छ । विशेष गरी गर्भवतीमा जिका भाइरस देखा परेमा गर्भपतन हुन सक्ने या नवजात शिशुको मस्तिष्कको विकास नहुने समस्या निम्तिन सक्ने हुँदा यसबाट बच्न स्वास्थ्य कार्यालयले सार्वजनिक आह्वान गरेको हो । यो भाइरस दिउँसोको समयमा बढी सक्रिय हुने एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसको उपचार हालसम्म पत्ता लाग्न नसकेको हुँदा बेलैमा सतर्क बन्न आवश्यक रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।
गर्भमा रहेको बच्चामा पनि आमाबाट यो रोग सर्न सक्ने उनले बताए । संक्रमितसँग यौन सम्पर्क गर्दा, रगत लिँदा या अङ्ग प्रत्यारोपण गर्दा पनि संक्रमण सर्ने हुँदा संक्रमितले यस विषयमा विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । ‘जिका भाइरस संक्रमितमध्ये धेरैलाई यसको लक्षण नदेखिन पनि सक्छ,’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारी भन्छन्, ‘तर, कतिपयलाई ज्वरो आउने, आँखा रातो हुने वा सुन्निने, हात खुट्टाको जोर्नी बेस्सरी दुख्ने, शरीरमा विमिराहरू देखा पर्नेलगायतका लक्षण देखिन सक्छन् ।’ तर, लक्षण देखिने संक्रमितलाई भने तीनदेखि १४ दिनभित्रमा यसको लक्षण देखिइसक्ने उनले बताए ।
यस बाहेक संक्रमित हुँदा मांशपेशी, आँखा, टाउको, पेट दुख्ने, बढी थकान महसुस हुनेजस्ता लक्षणसमेत देखिन सक्ने उनको भनाइ छ । यसको उपचार हालसम्म पत्ता लगाउन नसके पनि लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम उपाय भएको कार्यालय प्रमुख तिवारी बताउँछन् । लामो बाहुला भएको कपडा लगाउने, घर वरिपरि पानी जम्न नदिने, सुत्ने बेलामा अनिवार्य झुलको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क नगर्ने, भाइरस फैलिएको क्षेत्रमा यात्रा नगर्ने, इन्सेक्ट रेपेलेन्ट्सको पूयोग गर्ने गरेमा जिका भाइरसको जोखिमबाट बच्न सकिने उनको भनाइ छ ।
चितवन जस्तो तापक्रम उच्च हुने तराइका जिल्लाहरूमा चिसो मौसममा पनि लामखुट्टे देखा पर्ने हुँदा यसको जोखिम रहिरहने
उनले बताए । ‘गर्मी मौसमको तुलनामा चिसो मौसममा यसको जोखिम कम रहे पनि पूर्णरूपमा नरहने भन्ने हुँदैन,’ उनले भने, ‘त्यसैले सकभर घरमा लामखुट्टे नछिर्ने वातावरण सिर्जना गरौँ । र, जिका भाइरसबाट बचौँ ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

जिका भाइरसले गर्भवतीमा बढी असर : स्वास्थ्य कार्यालय

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23










