काठमाडौँ / मंसिर १ गतेबाट सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) शुरु गर्ने भएको छ । राहदानी विभागले ई–पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिरहेको जनाएको छ । नेपालमा हालसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिएको छ । विभागले मंसिर १ गते विशेष समारोहकाबीच ई–पासपोर्टको वितरण शु्रु गर्ने गरी काम गरिरहेको प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् ।
विभागले कोबाट यसको शुरुआत गराउने भन्ने सार्वजनिक गरेको छैन । शुरुवातका केही दिन दैनिक सीमित मात्रै ई– पासपोर्ट वितरण गर्ने उनले जानकारी दिए । ‘पूर्ण रुपमा ई–पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण पनि गरिरहन्छौं ।’ उनले भने ।
विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई–पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना छ । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो । सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई–पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।
सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई–पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको छ । ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।
इलेक्ट्रोनिक राहदानी एमआरपी भन्दा गुणस्तरीय र भरपर्दो हुन्छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । ई–पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग हुन्छ । त्यसमै पासपोर्टबाहक व्यक्तिगत विवरणसहित बायोमेट्रिक डाटा राखिन्छ । यसको ‘सेक्युरिटी फिचर’ कसिलो हुने गर्छ । यो पासपोर्टलाई मेसिन/कम्प्युटरले सहजै रिड गर्नसक्छ ।
ई–पासपोर्ट लागू भएपछि पासपोर्ट दुरुपयोगको समस्यालाई सम्बोधन गर्ने अपेक्षा छ, किनभने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको हुन्छ । यस्ता जैविक संकेतहरु एर्कासँग (अपवाद बाहेक) मिल्दैन । त्यसैकारण अहिले जस्तो अर्काको नाममा जारी भएको पासपोर्ट बोकेर उड्ने समस्या समाधान गर्ने अपेक्षा सरकारको छ ।
सरकारले राष्ट्रिय परिचयपत्र वितरण गरेर सबै नागरिकको बायोमिट्रक विवरण लिने भएकाले बायोमट्रिक म्याच नभएको खण्डमा अन्यको नाममा पासपोर्ट बनाउन निकै कठीन हुनेछ । अझै अर्काको पासर्पोट बोकर विमानस्थलमा पुग्दा मेसिनले सिधै बायोमिट्रक फेल गराउने अवस्था आउँछ ।
मन्त्रिपरिषद बैठकको निर्णयअनुसार नेपालको ई–पासपोर्टमा ६४ वटा पृष्ठहरु हनेछन् । सरकारले ती पृष्ठहरुमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो राखेको छ । ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहने गरी निर्णय भएको थियो ।
राहदानी विभागले मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्ने
November 13, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
