२८ कोटामा २०६ जनाको उम्मेदवारी
चितवन / नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । त्यसका लागि एमालेले देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै आज प्रतिनिधि हुन तछाड मछाड देखिएको छ ।
२८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता भएको एमाले चितवनले जनाएको छ । एमालेकाअनुसार महाधिवेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट ९ जना, क्षेत्र नं ३ बाट सात जना र समग्र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनाको कोटा रहेको छ ।
शनिबार भएको मनोनयन पत्र दर्तामा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पीडन क्षेत्रबाट ११ जनाको उम्मेदवारी दर्ता भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘महाधिवेशन प्रतिनिधिका लागि धेरैले इच्छा देखाउनु भएको छ । धेरैको मनोनयन दर्ता भएको छ । समझदारी जुटाएर प्रतिनिधि छनोट गर्नका लागि हामी छलफलमा छौं,’ उनले भनिन् ।
आवश्यकभन्दा अत्यधिक बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन् । दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनामध्ये शिवकुमारी गोतामे छनोट भइसकेकी छन् । बाँकी एक जना छनोटका लागि छलफल भइरहेको छ ।
निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि चयनको लागि छलफल भइरहेको सम्बन्धित क्षेत्रका प्रतिनिधि छनोट समितिका संयोजकले बताएका छन् ।
क्षेत्र नं ३ मा आइतबार बिहानसम्ममा प्रतिनिधि चयनको काम सम्पन्न हुने देवी ज्ञवालीले जानकारी दिए । क्षेत्र नं १ र २ मा पनि समझदारी जुटाएर प्रतिनिधि छनोट गर्न नेताहरु लागि परेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एमाले महाधिवेशन : प्रतिनिधि हुन तछाड मछाड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













