Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ‘लोछार’लाई लक्षित गर्दै स्मारिका प्रकाशन

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते

–प्रमिला तामाङ
चितवन / तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले आगामी २०७८ सालको ‘लोछार’लाई लक्षित गर्दै स्मारिका प्रकाशन गर्ने भएको छ । कार्तिक १५ गतेको तेस्रो अधिवेशनबाट सर्वसम्मत चयन भएका कार्यसमितिको पहिलो तथा कार्यविधिसहितको बैठकले सो निर्णय गरेको हो ।
उक्त पहिलो बैठकमा वार्षिक कार्ययोजना बारेमा छलफल गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । आगामी दिनमा तामाङ समुदायलाई लक्षित गरी विविध कार्यक्रम ल्याइने अध्यक्ष तामाङले बताए ।
उनले तामाङ समुदायमा अझै पनि मातृ भाषाको ज्ञानको अभाव भएकाले तामाङ भाषा शिक्षण कार्यक्रम ल्याइने बताए । तामाङ भाषा शिक्षण कार्यक्रमबाट थोरै भए पनि तामाङ समुदायमा मातृ भाषाको ज्ञान नभएकाहरु लाभान्वित हुने उनको भनाइ छ । उक्त कार्यक्रमले भाषाको संरक्षण, सम्बद्र्धन र भाषा जगेर्नामा थप बल पुग्ने उनको विश्वास छ ।
बैठकमा संघले पहिलो पटक अक्षय कोष स्थापना समेत गर्ने निर्णय गरेको छ । उनका अनुसार यसअघि थालनी गरिएको भए तापनि समय प्रतिकूलताले पूर्णता पाउन नसकेको हो । उक्त अक्षय कोषलाई असहाय, वृद्धवृद्धा तथा अन्य सामाजिक सेवामा लगाइने उनले बताए ।
यस्तै एसईईमा उत्कृष्ट तामाङ समुदायका छात्रछात्राहरुलाई सम्मान, सामाजिक सेवाभावले रक्तदान कार्यक्रम, तामाङ फिल्म च्यारिटी शो गरिने छ । संघले वर्षेनी भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्दै आएको छ भने तामाङ प्रसारण दिवसलगायत यसअघि सम्पन्न गरिँदै सबै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
तामाङ पत्रकार संघ चितवन २०७० सालमा स्थापना भएको हो । हाल चितवनका विभिन्न मिडियाहरुमा १८ जना बढी तामाङ पत्रकारहरु आवद्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77