चितवन / पुर्वी चितवनको कालिका–६, कमलचोकमा ४ करोड ५८ लाखको लगानीमा बौद्ध गुम्बा निर्माण हुने भएको छ । ढोकुन थर्वालिङ्ग गुम्बामा नयाँ गुम्बा भवन, बिधालय भवन र आवास तथा ब्यापारिक भवन बन्न लागेको ढोकुन थर्वालिङ्ग गुम्बाका अध्यक्ष कमलकुमार लामाले जानकारी दिनुभयो ।
अध्यक्ष लामाले गुम्बा निर्माणपछि नेपाल सरकारको बौद्ध विश्वविद्यालय अन्तर्गत लामा भाषाको १२ कक्षासम्म निशुल्क अध्यापन गराईने छ । सो गुम्बामा १ सय लामा विद्यार्थीहरुले अध्ययन गरिने छ ।
उक्त गुम्बाको शनिबार कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठले शिलान्यास गरेका थिए । सो गुम्बा निर्माणका लागि नेपाल सरकार पर्यटन तथा संस्कृती मन्त्रालयको ६५ प्रतिशत र कालिका नगरपालिकाले ३५ प्रतिशतको साझेदारीमा २ वर्षमा निर्माण सम्पन्न हुने छ ।
कालिकामा करिब ५ करोडमा बौद्ध गुम्बा निर्माण
November 14, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
