Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मनरुपाको पीडा : एकै ठाउँ पहिरोले पुर्यो दुई छोरा

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते
Photo : Halkaro

पाँचथर / जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ । अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भीर बनेको छ । घर वरिपरी पहिरो गएको छ । बसाईं सरेर जाने ठाउँ पनि छैन् । ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पीर त छँदै छ, आफ्नै ठाउँमा पहिरोका कारण दुई जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन ।
६२ वर्षकी मनरुपाले पहिरोकै कारण दुई जना छोरा र चार जना आफन्त गुमाउनु परेको छ । तर, अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पीरमै उनका दिन बितिरहेका छन् । ‘मेरो त भाग्य नै यस्तै होला,ु गहभरी आँशु पार्दै मनरुपाले भनिन्, ‘पहिरोले पहिले साइलो छोरा लग्यो, अहिले काँइलो । २६ वर्षको अन्तरालमा दुई जना छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त छिन् । जोखिमपूर्ण बस्ती मिक्लाजुङ गाउँपालिका–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृत्यु भएको हो ।
मनरुपाका अनुसार २०५२ सालमा गएको पहिरोमा उनका साइलो छोरासहित उनकी बहिनी, बहिनीका दुई जना छोरा र मनरुपाका मामाको ज्यान गएको थियो । पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए । यस वर्ष बेमौसमी वर्षाले पुस्तौँदेखि खेती गर्दै आएका बारी तथा भीरपाखा भत्किए । मनरुपाका काइला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाई बसेका थिए ।
गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए । क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पु¥यो । उनकी श्रीमती र छोराछोरीले उद्धारका लागि चिच्याए । नजिक भएकाहरु घटनास्थल पुगिसक्दा सन्तोषको मृत्यु भइसकेको थियो । आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन । ‘हामी यस्तैमा बसेका छौँ । माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ,‘ सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भनिन् । सात दलित सहित अठभैयाका नौ परिवार वर्षौँदेखि जोखिमपूर्ण रुपमा बसोबास गरिरहेका छन् ।
दुई खोल्सीका वीचमा रहेको पाखामा घर बनाएर बसेकाहरु दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् । यहाँकी सविना नेपालीले भनिन्, ‘अलिअलि पहिरो वर्षैपिच्छे गइरहेको थियो । यसपाली ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो । तर पीडितहरुले जोखिममा गुजारा चलाउँदै आएका भएपनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन । पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोष नेपालीको घर बस्नै नसकिने अवस्थामा छ । सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन् ।
‘पहिले मेरो छोरो सहित आफन्त वित्दा सरकारले सात हजार राहत, भाँडाकुँडा, ओढ्ने ओच्छ्याउने दिएको थियो,ु मनरुपाले भनिन्, ‘यसपालि हामीलाई हेर्न कोही पनि आउनुभएन । हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीहरुको छ । बाढी र पहिरोमा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना वेपत्ता छन् । यहाँ सडक, विद्युत, खानेपानी, सिंचाई, घर तथा गोठहरु, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतवारी तथा कृषिमा बाढी र पहिरोले निकै ठूलो क्षति पु¥याएको छ ।
बाढी र पहिरोले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत र अस्तब्यस्त हुँदा क्षतिको पूर्ण विवरण समेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ–७ लेखगाउँका सञ्जय राईले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23