Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विद्युत उत्पादन नहुँदा कुलेखानीमा ‘ओभर फ्लो’

प्रकाशित मिति : २०७८ मंसिर १ गते

मकवानपुर / मानव निर्मित इन्द्रसरोवर ताल (कुलेखानी जलाशय) भरिएर ओभर फ्लो भएको छ । २०७२ सालपछि पहिलो पटक ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको कुलेखानी जलाशय भरिएर ओभर फ्लो भइरहेको हो । जलाशयबाट ३ वटा जलविद्युत आयोजना सञ्चालन भइरहेको छ । कुलेखानी प्रथम ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छन् । हाल तीनै वटा आयोजना संचालन नभएकोले जलाशय भरिएर पानी (ओभर फ्लो ) भएको हो ।
कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख धिरेन्द्र चौधरीका अनुसार नेपाल विद्युत प्राधिकरणको मुख्य ‘ब्याकअप’का रपमा रहेको कुलेखानी जलाशयमा संकलित पानीबाट हाल विद्युत उत्पादन गर्नुपर्ने अवस्था छैन । कुलेखानी जलविद्युत आयोजना ‘पिक आवर’मा मात्र सञ्चालन हुने उनले जानकारी दिए । आवश्यकता हेरेर दैनिकजसो २/३ घण्टामात्रै संचालन हुने गरेको कुलेखानीमा बिगत १ महिनादेखि पानी भरिएर ओभर फ्लो भइरहेको हो ।
कुलेखानी जलाशयमा १ हजार ५३० मिटर उचाइसम्म पानी संकलन गर्न सकिन्छ । भूकम्प जानुअघि कुलेखानी जलाशयमा क्षमताभन्दा बढी पानी संकलनका लागि बाँधमा बालुवाको बोरा राखिन्थ्यो । २०७२ को भूकम्पले बाँधमा क्षति पुगेपछि भने बालुवाको बोरा राखेर पानी संकलन गर्न छाडिएको चौधरीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42