–बबिलाल तामाङ
नारायणगढ । गतवर्ष यतिखेर सामान्य रूपमा बजार खुल्नेबाहेक कुनै पनि कार्यक्रम नै भएनन् । जसले गर्दा जिल्लामा हुने हरेक किसिमका औपचारिक तथा अनौपचारिक सबै खालका कार्यक्रम रोकिए । तर, वातावरण बिस्तारै सहज बन्दै गएको छ । करिब डेढवर्षसम्म नखुलेको चलचित्र हल पनि हालसालै खुलेका छन् । देशकै सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमै हुने निश्चित भइसकेको छ । मंसिर १० देखि १२ गतेसम्म हुने कार्यक्रममा लाखौँ नेता कार्यकर्ताको उपस्थिति हुने पार्टीले आधिकारिक जानकारी गराइसकेको छ ।
हालसालै नेकपा मालेको आठौँ महाधिवेशन पनि चितवनमै सम्पन्न भएको छ । नेपाली कांग्रेसको १३औँ महाधिवेशन पनि चितवनसहित देशैभर चलिरहेको छ । राजनैतिक क्षेत्रमात्र नभई जिल्लामा रहेका सबैजसो संघसंस्था चलायमान हुँदै गएको छ । यसले गर्दा व्यापार व्यवसायमा थप टेवा पुगेको स्वयम् व्यवसायीहरू नै बताइरहेका छन् । देशकै केन्द्रभाग भनेर नारा भजाएर मात्र नभइ, हरेक हिसाबले सुरक्षित भइसकेको हुँदा चितवनमै ठूला कार्यक्रम आयोजना हुन थालेको विश्लेषणसमेत गरिएको छ ।
देशकै ठूला महोत्सवभित्र पर्ने चितवन महोत्सवको १३औँ संस्करण पनि यसैपालि हुने निश्चित भइसकेको छ । गतवर्ष नै भइसक्नुपर्ने महोत्सव कोरोना भाइरस जोखिमका कारण स्थगित भएको थियो । २०५३ सालदेखि उद्योग वाणिज्य संघले आयोजन ागर्दै आएको महोत्सवको १३औँ संस्करण यसवर्ष पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए । ‘वातावरण सहज हुँदै गएको हुँदा यसपटक चाहिँ महोत्सव गर्नुपर्छ भनेर लागेका छौँ,’ उनी भन्छन्, ‘विगतका महोत्सवजस्तो नभए पनि महोत्सव चाहिँ गर्ने निर्णय भइसकेको हुँदा हामी तयारीमा लागिसकेका छौँ ।’
संघका अध्यक्ष श्रेष्ठकै संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी थालिसकेको छ । उनका अनुसार यसवर्षको महोत्सवमा जम्मा ३५० कक्ष रहनेछन् ।
विगतका महोत्सवहरूमा ५०० भन्दा बढी कक्ष राखिए पनि यसपटक कोभिड संक्रमण जोखिमको असर नसकिएको हुँदा थोरै कक्ष राखेर महोत्सव गर्न लागेको उनको भनाइ छ । ‘हरेक वर्ष बढ्दै गएको कक्ष कोभिडको असर नसकिएकै कारण यसपाली कम गर्नुपरेको हो,’ उनले भने, ‘तर, जति कक्ष छन्, त्यसमा डोमसहित स्वदेशी तथा विदेशी विभिन्न खालका आकर्षक कक्ष रहनेछन् ।’
उनका अनुसार विदेशी कक्षमा भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनलाई प्रदर्शनमा स्थान दिइनेछ । विगतका महोत्सवहरूमा भएका गोष्ठीलाई यसपटक पनि निरन्तरता दिइने उनले बताए । विशेष गरी कृषि, पर्यटन र कला संस्कृतिलाई बढावा दिने गरी महोत्सव गर्न लागेको उनको भनाइ छ । ‘कक्षको संख्या थोरै भए पनि महोत्सवमा कुनै कुराको कमी हुँदैन,’ उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

ठूला दलको चहलपहल महाधिवेशनदेखि महोत्सवसम्म

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94














