भरतपुर / चितवनमा एमाले परित्याग गरी १४२ जना एकीकृत समाजबादीमा प्रवेश गरेका छन् । सो पार्टीको जिल्ला कमिटीले भरतपुरमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला पवन तामाङ सहित १४२ जना समाजबादीमा प्रवेश गरेको जिल्ला सदस्य इश्वरराज अधिकारीले जानकारी दिए ।
कार्यक्रममा पार्टी अध्यक्ष माधव कुमार नेपालले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका थिए । सो अबसरमा अध्यक्ष नेपालले देशभर समाजबादी पार्टीमा प्रवेश गर्नेहरुको लर्को रहेको बताए ।
हाम्रो पार्टीमा मानिसहरुको आर्कषण बढ्दो छ उनले भने उही रफ्तारमा जाने हो भने हामीले आगामी तीनै तहको निर्वाचन सजिलै जित्ने छौं । उनले आगामी निर्वाचनमा केपि ओलीले नेतृत्व गरेको एमाले धुलो हुने ठोकुवा गरे । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विकास र समृद्धिको लागि समाजबादी रोज्न आग्रह गरे ।
उनले कम्युनिष्ट आन्दोलनको रक्षाको लागि एकालेबाट विद्रोह गरेको बताए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश कमिटी इन्चार्ज केदार न्यौपाने,उपाध्यक्ष केशवलाल श्रेष्ठ,उपमहासचिव तथा प्रबक्ता जगन्नाथ खतिवडा,पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष डा.कृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कुलप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।
त्यसैगरी अध्यक्ष माधवकुमार नेपालले शुक्रवार नै भरतपुरमा जिल्ला पार्टी कार्यालयको उद्घाटन समेत गरेका थिए ।
- ADVERTISEMENT -

चितवनमा एमाले परित्याग गरी १४२ जना समाजवादीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












