Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले महाधिवेशन : मञ्चमा अत्याधुनिक प्रविधि प्रयोग

प्रकाशित मिति : २०७८ मंसिर ६ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने भएको छ । नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्च निर्माण भइरहेको सोमबार पत्रकार सम्मेलन मार्फत मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।
संयोजक श्रेष्ठका अनुसार पाँच लाख नागरिकले सजिलै हेर्न मिल्नेगरी मञ्च निर्माणको काम भइरहेको छ । एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिने उनले बताए ।
उद्घाटन सत्र लाइभ गर्नका लागि भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा समेत प्रयोग गरिने श्रेष्ठले बताए । मङ्सिर ९ गते हस्तान्तरण गर्नेगरी मञ्च निर्माणको काम भइरहेको भन्दै श्रेष्ठले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको जानकारी गराए ।
त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत आजदेखि नै सुरु भइसकेको श्रेष्ठले भने ।
अनुगमन समितिको संयोजकमा काशिनाथ अधिकारीले महाधिवेशनको कामहरुको नियमित अनुगमन भइरहेको बताए । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्तिको व्यवस्थापन समेत गरेको उनको भनाइ छ । महाधिवेशन तयारीको कामले हिजोदेखि गति समातेको भन्दै अधिकारीले जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम जारी रहेको बताए ।
मङ्सिर १० गते हुने उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न ६ स्थानबाट ¥याली निकाल्ने गरी तयारी भइरहेको अधिकारीले बताए । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट ¥याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउनेगरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाइएको बताए । व्यापक जनसहभागिता जुटाउनका लागि जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठनहरु परिचालन भइरहेको सुवेदीले बताउए ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिहरुले आफ्नो कामलाई तीव्ररुपमा अगाडि बढाइरहेको बताए । जिल्लामा रहेका सुरक्षा निकायहरुसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापन सहित सुरक्षाको काम भइरहेको रावलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51