गैँडाकोट / नेपाली कांग्रेसका युवा नेता अमृत भट्टचन भारी मतले विजयी भएका छन् । नेपाली काँग्रेस नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ को सभापतिमा युवा नेता अमृत भट्टचन भारी मतले विजयी भएका हुन् ।
कांग्रेसका युवा नेता भट्टचले निर्वाचनमा ६७० मत ल्याएका हुन् भने उनका प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत मात्र ल्याएका थिए । भट्टचनले २२३ भारी मतान्तरले पराजुलीलाई पछि पारेको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवा निकटका मानिने भट्टचनलाई जिल्लामा नेता महेन्द्रध्वज जिसी समूहको साथ थियो । सभापति पदमा पराजित भएका कमलप्रसाद पराजुली काँग्रेस महामन्त्री शंसाक कोईराला समूहका नेता हुन् ।
नवलपुरको क्षेत्र नं. १ मा पटक पटक शंसाक कोइरालाले चुनाव जितेर गएपनि उनी निश्चित समूहको घेराभित्र परेको भन्दै भट्टचनले सो सिन्डिकेट तोड्नको लागि आफूले उमेदवारी दिएको बताउँदै आएका थिए ।
सचिव पदमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भए । अमृत श्रेष्ठले ५८७ मत र शालिकराम सापकोटाले ५६४ मत प्राप्त गरेर विजयी भएका हुन् । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी भएका छन् ।
सचिव पदमा विजयी भएका शालिकराम सापकोटा र सहसचिव पदमा विजयी भएका टिकाराम सापकोटा दुवै सभापति भट्टचन पक्षका उमेदवार हुन् । सभापति पदमा अमृतले बाजी मारेसँगै अबको जिल्ला अधिवेशन कसको पोल्टामा जाने हो भन्ने विषय पेचिलो बनेको छ ।
क्षेत्रीय सभापतिमा विजयी भएपछि उनले अब काँग्रेस एक बनाएर अघि बढ्ने बताए । समग्र युवाहरुको प्रतिनिधित्व र अग्रजलाई सम्मान गर्दै पार्टी बलियो बनाउन लाग्ने उनको भनाइ थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कांग्रेसका युवा नेता भट्टचन भारी मतले सभापतिमा विजयी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











