Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले महाधिवेशन : सुरक्षा व्यवस्थामा कडाई, अत्यावश्यक गाडी चल्न दिइने

प्रकाशित मिति : २०७८ मंसिर ९ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदैछ । चितवनमा सुरु हुने महाधिवेशनलाई लक्षित गरी पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिएको छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन् ।
महाधिवेशन उद्घाटनस्थलदेखि बन्दसत्र हुने सौराहासम्म गरी एक हजार ४५५ भन्दा बढी सुरक्षाकर्मी खटाइने जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । नेपाल प्रहरी ८२१, शसस्त्र प्रहरी ४४९, ट्राफिक प्रहरी १८५ जना र अनुसन्धान विभागका कर्मचारीहरु खटिने उनले बताए । जिल्लाका सुरक्षाकर्मी अपुग हुने देखिएपछि बागमती प्रदेशबाट करिब सात सय सुरक्षाकर्मी थप गरिएको बताइएको छ ।
महाधिवेशन उद्घाटनका दिन भरतपुर र नारायणगढ क्षेत्रको मुख्य सडकमा सवारी साधन चल्न पाउँदैनन् । महाधिवेशनमा सहभागी हुनेहरु समेत पैदल हिँडेर महाधिवेशन स्थलसम्म पुग्ने भएकाले ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखेर ‘नो भेइकल जोन’ बनाइएको उनले बताए । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने व्यवस्थापन गरिने उनको भनाइ छ ।
‘हामीले अत्यावश्यक सवारी साधन चल्ने भनेकै छौँ । एम्बुलेन्स हुन्छ, दमकल हुन्छ । विभागका गाडी, आकस्मिक रुपमा विदेश जानुपर्ने भएका मान्छेहरु हुन सक्छन् । मृत्यु संस्कारका मान्छेहरु हुन सक्छन् । ब्रतबन्धसँग सम्बन्धि जस्ता अत्यावश्यक सवारी साधनहरु चाँहि नारायणी पुल क्लियर गरेर पुलचोकबाट शिवघाटतर्फ जानेबाटोमा डाइभर्सनगरेर पूर्व र काठमाडौँ जान मिल्ने बनाउछौँ’, उनले भने ।
पश्चिमबाट आउने त्यस्ता गाडी र पूर्वबाट आउने विरामी बोकेका एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई बाइपास सडक हुँदै काठमाडौँ, पोखरातर्फ जाने मिल्ने बनाइएको उनले जानकारी दिए । मुख्य राजमार्गमा एम्बुलेन्ससमेत चल्न नदिने भएको भनि समाचार आएपछि जिल्ला सुरक्षा समिति र एमालेको आलोचना भएको थियो ।
पूर्वबाट आएका गाडीलाई केन्द्रिय बसपार्क भरतपुरमा पार्किङ गरिने छ । त्यहाँ नआएका सवारी साधनलाई बसपार्कबाट गोन्द्राङतर्फ जाने पूर्व–पश्चिम राजमार्गको एकतर्फिमा पार्किङ गर्ने योजना छ । मुग्लिनतर्फबाट आएका गाडीलाई आँपटारीमा र पश्चिमबाट आएका गाडीलाई गैंडाकोटतर्फ नै पार्किङ गरिने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51