Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘मिस तामाङ वल्ड २०२१’ बनिन् साङ्डोमा तामाङ

प्रकाशित मिति : २०७८ मंसिर १० गते


चितवन । ‘मिस तामाङ वल्ड २०२१’ प्रतियोगितामा सिक्किम इण्डियाकी साङ्डोमा तामाङले उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताका १९ जना प्रतिस्पर्धीहरु मध्ये टपटेनमा पर्न सफल भएका उनी सबैलाई पछि पार्दै मिस तामाङ वल्ड २०२१ को उपाधि जित्न सफल भएकी हुन् ।
कार्यक्रम मिस तामाङ वल्ड फाउन्डेसनको सहकार्य र साधना कला केन्द्रको आयोजनामा सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको हो । विश्वभरि छरिएर रहेका तामाङ समुदायलाई एकै साङ्लोमा गोलबद्ध गरी आफ्नो भाषा, धर्म, कला सस्कृति, भेषभूषा, बाजा, रितिरिवाज, परम्परालाई संरक्षण तथा आफ्नो जाति तथा अन्य जातिहरुमा सामाजिकिकरण गर्ने उद्देश्यले मिस तामाङ वल्ड २०२१ आयोजना गरिएको आयोजकले जनाएको छ ।


मिस तामाङ वल्ड २०२१ का विजेता तामाङले आजको युवाहरुलाई आफ्नो उत्पत्ति, मौलिकता, भाषा, संस्कृति र पहिचानलाई माया गर्न प्रेरित गर्ने बताए । तामाङ समुदायलाई भूगोल, सीमा, पृष्ठभूमि, आस्था र विश्वासमा एकता र सदभावमा बाँध्ने उद्देश्य भएको उनले भने ।
संस्कृति र परम्परा हाम्रो पहिचान भएकोले यसलाई संरक्षण सम्वद्र्धन र निरन्तरता दिन समुदायलाई सदैव उत्साहित गर्ने उनको भनाइ थियो । उनी स्वास्थ्य र वेस्ट ड्रेस विधासहित मिस तामाङ वल्ड २०२१ की विजेता घोषित भएकी हुन् ।
यस्तैगरी विभिन्न सात विधामा भएको उक्त प्रतिस्पर्धामा मिस तामाङ वल्ड शिक्षामा प्रभा फ्युबा, वातावरण, मिस ट्यालेन्ट र मिस पर्सन्यालिटी विधामा अप्रीला घिसिङ, समाज कल्याणमा रेनु स्याङ्तान, अर्थमा एलिसा घिसिङ, पर्यटनमा सबिता लो, सस्कृतिमा रबिना थिङ उपविजेता घोषित भएका थिए ।

- ADVERTISEMENT -

Advertisement


प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई ५० हजार नगदसहित क्राउन प्रदान गरिएको थियो । विजेतालाई विशेष प्रकार क्राउनसहित मेडल प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमका निर्णायकहरुमा वरिष्ठ सामाजसेवी दानबहादुर तामाङ, वरिष्ठ शैक्षिक परामर्श विद तथा नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान, बालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. छिरिङ योन्जन, अर्थविद डा. माधव सुन्दर मल्ल, वातावरणविद अश्र कुँवर, मिसेस पर्यटन २०१९ की विजेता छिरिङ डोल्मा शेर्पा र संस्कृतिविद ध्यानबहादुर मोक्तान रहेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि धर्म गुरु शाल्पा तेन्जिङ रेम्पोर्छे रहेका थिए भने विशिष्ट अतिथिहरुमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका नायक कुलमान घिसिङ, सर्वोच्च अदालतका न्यायाधीश टङ्क मोक्तान, पूर्वमन्त्री परशुराम तामाङ, पूर्व राज्यमन्त्री रामवीर मानन्धर, एआइजी कृष्णकुमार तामाङ, मिस तामाङ २०१२ की बिजेता विजेता सुमी मोक्तान, आस्का जापानका प्रतिनिधि विनोद लामा, नेपाल सरकारका पूर्व सचिव धनबहादुरर तामाङ, इ. देवकुमार तामाङ, संस्कृतिविद् धावा वाङ्गेल मोक्तान, नेपाल राष्ट्रिय तामाङ घेदुङ्का अध्यक्ष वीरबहादुर योन्जन, चलचित्र निर्देशक बिनय दोङ तामाङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रम साधना कला केन्द्रका मिलन मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77